प्रेम पुन मगर
‘कुरै बुझिनँ, कस्को बिहेको समारोह रहेछ ?’ निकै भव्यताका साथ साथीको रुममा समारोह चलिरहेको थियो । समारोहबीचबाट राजुले रामुलाई अन्यौलताबस सोध्यो । ‘ऊ आफैको रे !’ रामुले छोटो उत्तर दियो ।
राजुको जिज्ञासा अरु थपियो । ‘उसको कसरी हुन सक्छ ? उसले त म अबिवाहित हुँ भन्दै थियो ।’ उसले भन्यो ।
‘अचनाक प-यो रे ! केटीका बाउआमाले छिटो बिवाह गरिदिने भने रे ! यता छुट्टि मिलेन रे ! त्यही भएर रे ! अनि…’ रामुले भन्यो ।
राजुले जिज्ञासामा जिज्ञासा थप्दै गयो — ‘अनि.. के ?’
‘उसको फोटो राखेर दुलही भित्राए रे !’
साभारः लघुकथा कुनोबाट













