शिक्षकः हिजो मैले दिएको पाठ पढेर आयौ ?
विद्यार्थीः आयौँ सर ।
शिक्षकः राम तिमी भन त बहादुर शाहको पालामा नेपालको सिमाना कहाँदेखि कहाँसम्म फैलिएको थियो ?
रामः किताबको पेज ३ देखि ८ सम्म फैलिएको छ सर ।
सैनिकको बन्दुक
सैनिक परेडको बेलामा अफिसरले सिपाहीसँग सोधेछ—
अफिसरः रामबहादुर ! यो तिमीले हातमा लिएको के हो ?
रामबहादुरः बन्दुक हो सर ।
अफिसरः यो बन्दुक मात्र होइन, यो तिम्रो इज्जत, तिम्रो शान अनि तिम्रो आमा हो ।
अर्काे दिन अफिसरले अर्काे सिपाहीसँग सोध्छ—
अफिसरः यो तिमीले हातमा लिएको के हो ?
दोस्रो सिपाहीः रामबहादुरको आमा हो सर ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













