• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, April 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

    विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

    महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित

    महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित

    कालीगण्डकी कोरिडोर : लार्जुङ र कैह्कुखोलामा मोटरेबल पुल निर्माण

    कालीगण्डकी कोरिडोर : लार्जुङ र कैह्कुखोलामा मोटरेबल पुल निर्माण

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार

    रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल

    मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

    ट्रम्प र सीले यस हप्ता ‘सम्भवतः’ कुरा गर्नेछन् : ह्वाइट हाउस

    ह्वाइट हाउसद्वारा १.५ ट्रिलियन डलरको रक्षा बजेट माग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

    विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

    महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित

    महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित

    कालीगण्डकी कोरिडोर : लार्जुङ र कैह्कुखोलामा मोटरेबल पुल निर्माण

    कालीगण्डकी कोरिडोर : लार्जुङ र कैह्कुखोलामा मोटरेबल पुल निर्माण

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार

    रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल

    मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

    ट्रम्प र सीले यस हप्ता ‘सम्भवतः’ कुरा गर्नेछन् : ह्वाइट हाउस

    ह्वाइट हाउसद्वारा १.५ ट्रिलियन डलरको रक्षा बजेट माग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

पुरानै लयतिर पर्यटन

by
६ मंसिर २०८०,
0
पुरानै लयतिर पर्यटन

cfGtl/s ko{6ssf] eL8 u08sL, ^ dªl;/ M ko{6sLo ;x/ kf]v/fsf] km]jf tfndf b]lvPsf] cfGtl/s ko{6ssf] eL8 . clxn]sf] ko{6sLo ofddf kf]v/f / cf;kf;sf uGtJodf ko{6ssf] cfjfudg a9]sf] 5 . tl:a/ M /fdaxfb'/ yfkf÷/f;;

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

‘यो यामको पर्यटक आगमनले हामी सन्तुष्ट छौँ, पर्यटन क्षेत्र पुनःउत्थान भइरहेको छ’, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले भने, ‘पर्यटन प्रवर्द्धनलाई यसरी नै निरन्तरता दिनसके छिट्टै कोभिडअघिकै स्थितिमा हामी पुग्छौँ।’ कोभिड– १९ महामारीताका थलिएको पर्यटन व्यवसाय अहिलको आर्थिक मन्दीबीच पनि चलायमान देखिएकामा उनले खुसी व्यक्त गरे।

अध्यक्ष श्रेष्ठले भने, ‘पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन राम्रो छ, सबै पक्ष डटेर लागे पोखराको पर्यटन विकास र प्रवर्द्धनलाई अझ नयाँ उचाइ दिन सकिन्छ।’ यस वर्ष पोखरा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको अध्यक्ष श्रेष्ठले बताए। पोखरा र आसपासका गन्तव्यमा अघिल्ला वर्षको तुलनामा पर्यटकीय चहलपहल बढेकामा पर्यटनसम्बद्ध संस्थाका पदाधिकारी र पर्यटन व्यवसायी उत्साहित छन्।

होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले दसैँयता पर्यटकको आवागमन ह्वात्तै बढेको बताए। ‘चाडबाडका बेला लामो बिदा परेकाले पनि ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक पोखरा भित्रिए, पदयात्रा गर्ने मुख्य याम पनि यही भएकाले विदेशी पर्यटकको आगमन पनि राम्रो छ’, उनले भने, ‘यो अवधिमा होटलमा चाप औसतमा ६० प्रतिशतसम्म रह्यो, कुनै दिन त ७० प्रतिशतसम्म पुग्यो, अहिले पोखराको पर्यटन व्यवसाय समग्रमा सन्तोषजनक अवस्थामा छ।’

पर्यटन बजारले यही गति लिइरहे कोभिड– १९ अघिको स्थितिमा पुग्न धेरै समय नलाग्ने अध्यक्ष सुवेदीले बताए। उनले पर्यटन क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्काउन राज्यका निकाय, पर्यटनसम्बद्ध सङ्घसंस्था, पर्यटन व्यवसायीलगायतले सामूहिक पहल लिनुपर्ने उल्लेख गरे। ‘पर्यटन प्रवर्द्धनमा नयाँ रणनीति बनाएर अघि बढ्नुपर्छ’, उनले भने।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०का प्रमुख डा.रबिन कडरियाले कोभिड– १९ को प्रभावले सुस्ताएको पर्यटनले पुरानै लय पछ्याइरहेको बताए। ‘दोस्रो पर्यटकीय याम सुरु हुँदासम्ममा यो वर्ष पर्यटक आगमन अझ बढ्ने देखिन्छ’, उनले भने, ‘यस क्षेत्रको पर्यटन पुनःउत्थानको दिशामा अगाडि बढेको छ, पर्यटन व्यवसायी पनि उत्साहित देखिन्छन्।’

पदयात्राका लागि विश्वमै परिचित अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या यस वर्ष बढेको प्रमुख डा।कडरियाले बताए। उनका अनुसार कोभिड– १९ महामारीयता आर्थिक वर्ष २०७८र७९ देखि अन्नपूर्ण क्षेत्रमा पुनः पर्यटक आगमन बढ्न थालेको छ। सो आवमा ७५ हजार आठ सय २४ पर्यटक त्यस क्षेत्रमा पुगेकामा आव २०७९र८० मा एक लाख ७२ हजार एक सय आठ पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेको प्रमुख डा।कडरियाले जानकारी दिए।

‘एक्याप’को तथ्याङ्कानुसार चालु आवको साउनदेखि कात्तिकसम्ममा ६७ हजार चार सय ३५ पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्रमा भित्रिएका छन्। असोजमा सबैभन्दा बढी २८ हजार सात सय पाँच, कात्तिकमा २४ हजार चार सय नौ, भदौमा आठ हजार नौ सय २० र साउनमा पाँच हजार चार सय एक पर्यटकले ‘एक्याप’को भ्रमण गरेका हुन्।

कोभिड– १९ महामारी सुरु हुनुअघि आव २०७५/७६ मा एक लाख ८३ हजार तीन सय ५८ पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका थिए। उक्त महामारी सुरु भएयता आव २०७६/७७ मा एक लाख चार हजार एक सय ६५ र आव २०७७/७८ मा जम्मा चार हजार नौ सय ६१ पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्रमा भित्रिएका थिए। ‘एक्याप’ले पदयात्रामा जाने दक्षिण एसियाली मुलुक र अन्य देशका पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ। सडक मार्ग भएर अन्नपूर्ण संरक्षण क्षेत्रमा घुम्न जाने आन्तरिक पर्यटकको सङ्ख्या भने यकिन गर्न नसकिने आयोजना प्रमुख डा।कडरियाले बताए।

‘एक्याप’भित्र पर्ने अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोडेपानीलगायत अन्नपूर्ण फेरोमा पर्ने गन्तव्यस्थल आन्तरिक तथा बाह्य पर्यटकमा रोजाइमा पर्ने गर्छन्। पोखरा आउने विदेशी पर्यटकमध्ये झण्डै ५० प्रतिशत पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रामा जाने गरेको ‘एक्याप’ले जनाएको छ। यस्तै नेपाल भित्रने विदेशी पर्यटकमध्ये झण्डै आधा पर्यटक पोखरा आउने गरेको बताइन्छ। पोखरामा पर्यटक आगागमनको औपचारिक तथ्याङ्क कुनै निकायसँग पनि छैन। आन्तरिक पर्यटनको पनि ठूलो हिस्सा पोखराले ओगट्छ।

कास्कीको घान्द्रुक, धम्पुस, सिक्लेस, ल्वाङ गाउँलगायत ग्रामीण पर्यटनका चर्चित गन्तव्यमा पनि यो याममा पर्यटकको आवागमन बाक्लिएको छ। दसैँ र तिहारको लामो बिदामा आन्तरिक पर्यटकको घुइँचो लागेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले बताए। अहिलेको मुख्य पर्यटकीय याममा दैनिक एक हजार पाँच सयदेखि एक हजार सात सय सयसम्म पर्यटक घान्द्रुक भित्रिएको उनको भनाइ छ।

‘घान्द्रुक आउनेमा आन्तरिक पर्यटक नै बढी छन्’, अध्यक्ष गुरुङले भने, ‘घान्द्रुक हुँदै अन्नपूर्ण आधार शिविर, घोडेपानीलगायत ठाउँको पदयात्रामा जाने बाह्य पर्यटकको सङ्ख्या पनि उल्लेख्य छ।’ यस यामको पर्यटक आवामगनले पर्यटन व्यवसायी उत्साहित भएको उनले बताए।

अध्यक्ष गुरुङका अनुसार घान्द्रुकमा रिसोर्टसहित ५४ होटल र १८ घरबास ९होमस्टे० छन्। रैथाने संस्कृति, खानपान र पारिवारिक वातावरण रुचाउने पर्यटकको रोजाइमा घरबास पर्ने गरेको छ। ‘सेवा र गुणस्तरअनुसार पाहुनाका लागि घरबासको छुट्टाछुट्टै प्याकेज छ’, उनले भने।

Previous Post

आर्थिक मन्दीका कारण झापाका इँटा उद्योग धराशायी

Next Post

पाँचखाल बृहत् खानेपानी आयोजना अधुरै

सम्बन्धित खबर

विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम
आर्थिक

विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

२१ चैत्र २०८२,
महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित
आर्थिक

महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित

२१ चैत्र २०८२,
कालीगण्डकी कोरिडोर : लार्जुङ र कैह्कुखोलामा मोटरेबल पुल निर्माण
आर्थिक

कालीगण्डकी कोरिडोर : लार्जुङ र कैह्कुखोलामा मोटरेबल पुल निर्माण

२१ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार

२१ चैत्र २०८२,
रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल
आर्थिक

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

२१ चैत्र २०८२,
ट्रम्प र सीले यस हप्ता ‘सम्भवतः’ कुरा गर्नेछन् : ह्वाइट हाउस
अन्तर्राष्ट्रिय

ह्वाइट हाउसद्वारा १.५ ट्रिलियन डलरको रक्षा बजेट माग

२१ चैत्र २०८२,
Load More
Next Post
पाँचखाल बृहत् खानेपानी आयोजना अधुरै

पाँचखाल बृहत् खानेपानी आयोजना अधुरै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In