• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आर्थिक गणना वैशाख २ देखि

    आर्थिक गणना वैशाख २ देखि

    बालाजु बाइसधारा मेला सुरु

    बालाजु बाइसधारा मेला सुरु

    इजरायलले इरानको सरकारी टिभी र रेडियोलक्षित आक्रमण गर्दै

    इरान युद्धका कारण विश्व अर्थतन्त्रमा अनिश्चितता

    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य केही घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    आर्थिक गणना वैशाख २ देखि

    आर्थिक गणना वैशाख २ देखि

    बालाजु बाइसधारा मेला सुरु

    बालाजु बाइसधारा मेला सुरु

    इजरायलले इरानको सरकारी टिभी र रेडियोलक्षित आक्रमण गर्दै

    इरान युद्धका कारण विश्व अर्थतन्त्रमा अनिश्चितता

    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य केही घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

पर्यटनमा थपिँदै उत्साह, पर्यटकसँगै बढ्यो आम्दानी

by
५ मंसिर २०८०,
0
पर्यटनमा थपिँदै उत्साह, पर्यटकसँगै बढ्यो आम्दानी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । गत शुक्रबार र शनिबार पदयात्राका लागि घान्द्रुक र सिक्लेस पुगेका पर्यटकको व्यवस्थापन गर्न पर्यटन व्यवसायीलाई हम्मेहम्मे पर्‍यो । एकैदिन दुई हजारभन्दा बढी आन्तरिक र बाह्य पर्यटक पुगेपछि उनीहरुलाई सुताउन र खाना खुवाउन व्यवसायीहरु २४सैँ घण्टा व्यस्त भएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले सुनाए ।

अन्नपूर्ण क्षेत्र पनि यतिबेला चलायमान बनेको छ । त्यस क्षेत्रमा कात्तिकयता २४ हजार पर्यटक पुगेका छन् । पर्यटकको सङ्ख्या अत्यधिक हुँदा लामो समयपछि पदमार्गमा आश्रित पर्यटन व्यवसायीको व्यस्तता पनि बढेको छ । यसरी घुम्न आउनेमा दक्षिण एसियाली मुलुकका सात हजार चार सय ७९ र अन्य १६ हजार नौ सय ३० पर्यटक छन् । अन्नपूर्ण संरक्षण क्षेत्र ‘एक्याप’का प्रमुख डा रविन कडरियाका अनुसार २०८० साल सुरु भएयता वैशाख र असोजपछि कात्तिकमा सबैभन्दा बढी पर्यटक ‘एक्याप’ पुगेका छन् ।

दसैँ र तिहार मनाएर पहाड र हिमाल छिचोल्दै रम्नेहरुको सङ्ख्या पछिल्लो समय बढ्न थालेको छ । कुनै समय अधिक मात्रामा विदेशी पर्यटकहरु ‘ब्यागप्याक’ बोकेर हिमाल हेर्न पुग्ने गरेको भए पनि पछिल्लो समय आन्तरिक पर्यटकहरुको चहलपहलले त्यस्ता क्षेत्रमा पर्यटनको सम्भावना बढाएको छ । तिहार लगत्तै पर्यटकीय नगरी पोखरा पनि पर्यटकले भरिएको छ । काठमाडौँ–पोखरा रुटमा एयरलाइन्सको टिकट पाउन मुस्किल छ ।

बङ्गलादेश, भियतनाम, चीन र भारतलगायत मुलुकबाट विमान चार्टर्ड गरी पर्यटक आउने क्रम बढेकाले कोरोना महामारीपछि मुलुकको पर्यटन क्षेत्रमा उत्साह थपिएको जानकारहरु बताउँछन् । नेपालको पर्यटन क्षेत्रबारे पछिल्लो समय अन्तर्राष्ट्रिय क्षेत्रमा पनि चर्चा हुन थालेको, विशिष्ट पाहुनाको नेपाल भ्रमण, अन्तर्राष्ट्रिय सभा तथा सम्मेलनले पनि नेपालको पर्यटन क्षेत्रमा थप टेवा पुगेको छ ।

तनहुँको मानुङकोट र बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्दा त्यस क्षेत्रको आर्थिक गतिविधि बढेको छ भने यसले व्यवसायीको सक्रियता पनि बढाएको छ । मानुङकोटमा अहिले दैनिक एक हजारभन्दा बढी पर्यटक पुगेका छन् भने बन्दीपुरमा पछिल्लो समय २६ वटा देशका पर्यटक भित्रिँदा होटल भरिभराउ भएका छन् ।

उसो त यो याम नेपालको पर्यटन क्षेत्रका लागि अनुकुल मानिन्छ । दसैँ, तिहार र छठ पर्वको माहोलले पर्यटकीय गतिविधि पनि बढाएको छ । यसबाट मुलुकको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने व्यवसायीको बुझाइ छ ।

होटल सङ्घ नेपाल ९हान० का अध्यक्ष विनायक शाहले समग्ररुपमा पर्यटन क्षेत्रमा उत्साहजनक रहेको बताए । “पर्यटन क्षेत्रमा चहलपहल बढेको छ । पर्यटक आगमनको आँकडा पनि उत्साहवद्र्धक छ, योभन्दा धेरै पर्यटकलाई सेवा दिन पूर्वाधार तयार भइसकेको छ”, उनले भने ।

पछिल्लो समय होटलका रुमको सङ्ख्या ढेका छन् । तारे होटल, केबलकारलगायतका पूर्वाधारमा खर्बौं लगानी भएका छ । यद्यपि ‘सप्लाइ’को तुलनामा माग कम भएकाले यो क्षेत्रलाई थप गतिशिल बनाउन नसकिएको अध्यक्ष शाहको भनाइ छ । उनले भने, “पर्यटकीय पूर्वाधारमा लगानी धेरै भइसक्यो । लगानीको प्रतिफलका लागि व्यापार चाहिन्छ, छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी पर्यटक ल्याउन नीतिगत र संरचनागत सुधार जरुरी छ ।”

अध्यक्ष शाहले अहिले आइरहेका पर्यटकभन्दा तीन गुणा सङ्ख्यालाई सेवा दिन सकिने गरी पूर्वाधार तयार भइसकेका छन् । पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणभएका छन् भने चिनियाँ र भारतीय पर्यटक बढाउन नीतिगत र योजनागत कार्यक्रम आवश्यक भएको उनको भनाइ छ । उनले पर्यटकीय याममा तारे होटलमा चहलपहल बढे पनि साना होटलको व्यवसाय भने अझै फष्टाउन नसकेको उल्लेख गरे ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन भइसकेको र अबका दिनमा धेरैभन्दा धेरै विदेशी पर्यटक आकर्षण गर्न थप दुई अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन हुनुपर्ने, गन्तव्य पुग्ने सडक स्तरोन्नति गरिनुपर्नेमा व्यवसायीको जोड छ ।

बढे पर्यटक, बढ्यो आम्दानी

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ जनवरीदेखि अक्टोबरसम्म आठ लाख बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अक्टोबरमा मात्रै हवाईमार्ग भएर एक लाख १७ हजार तीन सय छ पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२२ को सोही अवधिमा ८८ हजार पाँच सय ८२ पर्यटक नेपाल भित्रिएका थिए भने सन् २०१९ को सोही अवधिमा एक लाख १३ हजार आठ सय १६ पर्यटक नेपाल आएका थिए ।

बोर्डका निर्देशक मणिराज लामिछानेले पछिल्लो पर्यक आँकडा हेर्दा मुलुकको पर्यटन पुरानै लयमा फर्किएको बताए । उनले पर्यटन क्षेत्रमा सकारात्मक बढोत्तरीले आगामी दिनमा यो क्षेत्रमा उत्साह थपिने विश्वास व्यक्त गरे ।

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल ९टान० का पूर्वअध्यक्ष नवराज दाहालले कोभिड महामारीपछि पर्यटन क्षेत्र करिब पुरानै लयमा फर्किएको बताए । उनले भने, “समग्रमा पर्यटन क्षेत्र सुधारोन्मुख छ । खड्किएको विषय भनेको गन्तव्य पुग्ने सडक बाटोको दूरावस्था, पदयात्रा क्षेत्रमा देखिएको बेथितिजन्य गतिविधिले पर्यटकको बसाई सन्तोषजनक बनाउन सकिएको छैन ।”

पर्यटन व्यवसायी दाहालले आगामी दिनमा बढीभन्दा बढी पर्यटक आकर्षण गर्न पूर्वाधार विकास, सडक स्तरोन्नति, नीगिगत सुधार, एकद्वार प्रणालीबाट सेवा प्रवाहजस्ता कामलाई प्राथमिकता दिन जरुरी भएको उल्लेख गरे ।

नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालले मुलुकको पर्यटन क्षेत्र चलायमान बन्दै गएको उल्लेख गरे । पर्यटक आगमन बढाउन र सेवा सहजीकरणका लागि नीतिगत सुधारका काम जरुरी भएको उनको भनाइ छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा विदेशी पर्यटक आगमनबाट हुने आम्दानी बढेको छ । गत आवको पहिलो तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा आम्दानी ५१ दशमलव तीन प्रतिशतले बढेर रु १७ अर्ब दुई करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु ११ अर्ब २४ करोड थियो ।

आर्थिक समृद्धिको आधार पर्यटन

एशियन बैंकर सङ्घका अध्यक्ष युजेन एसभेडोले नेपालको पर्यटन क्षेत्र आर्थिक समृद्धिका दरिलो आधार रहेको भन्दै आगामी दिनमा पर्यटन क्षेत्रमा प्रशस्त लगानी र अवसरको सम्भावना औँल्याए ।

गत कात्तिक २३ र २४ गते काठमाडौँमा आयोजित एशियन बैंकर सङ्घको सम्मेलनमा उहाँले पर्यटन नेपालको अर्थतन्त्रको महतवपूर्ण क्षेत्र भएको उल्लेख गरेका थिए । एशियाका १८ देशका बैंक तथा वित्तीय संस्थाका प्रमुख एवं प्रतिनिधि सम्मिलित सो सम्मेलनका दौरानमा भएका विभिन्न छलफलमा सहभागी विदेशी बैंकलगायत क्षेत्रका विज्ञहरुले नेपालको पर्यटन क्षेत्रमा पर्याप्त सम्भावना रहेको उल्लेख गरेका थिए ।

त्यसैगरी अर्थमन्त्री डा प्रकाशशरण महतले राजधानीमा हालै आयोजित एक कार्यक्रममा पछिल्ला दिनमा पर्यटनको सङ्ख्या उल्लेख्य वृद्धि भएकाले यसले आर्थिक वृद्धिमा टेवा पुग्ने धारणा राखेका थिए । उनले विस्तारै अर्थतन्त्रले सकारात्मक बाटो लिएको, बाह्य सूचकाङ्क बढेको, विप्रेषण, घरजग्गा कारोबार बढेको, पर्यटकको सङ्ख्या ऐतिहासिकरुपमा वृद्धि भएकाले यसबाट अर्थतन्त्र बलियो हुने विश्वास व्यक्त गरेका थिए ।

सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि एक महिनामै एक लाख बढी विदेशी पर्यटक नेपाल भित्रिनु समग्र अर्थतन्त्रका लागि सकारात्मक रहेको र यसले अर्थतन्त्रको सवलीकरण हुने उल्लेख गरेका थिए । “समग्र अर्थतन्त्रका सूचक सकारात्मक छन्”, उनले भने, “विदेशी पर्यटक आगमन ऐतिहासिकरुपमा बढेको छ । यसले भोलिका लागि बाटो खुलेको छ । पर्यटन क्षेत्रका लागि प्रशस्त पूर्वाधार बढिरहेकाले मुलुकको समग्र अर्थतन्त्र राम्रो हँुदै जानेछ ।”

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले हालै गरेको नेपाल भ्रमणले विश्वबजारमा सकारात्मक सन्देश प्रवाह भएको छ । चारदिने गुटरेसको नेपाल भ्रमणका दौरानमा नेपालका प्रख्यात पर्यटकीय गन्तव्यको भ्रमणले नेपालको पर्यटन विश्वबजारमा प्रवद्धन भएको व्यवसायीको बुझाइ छ ।

महासचिव गुटेरेसले चर्चित सगरमाथा क्षेत्र, अन्नपूर्ण आधार शिविर, पर्यटकीय नगरी पोखरा, प्रसिद्ध भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी तथा ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको अवलोकन गर्दै उत्सुकतापूर्वक जानकारी लिएका थिए । महासचिव गुटेरेसको गतिविधि संसारभरका सञ्चारमाध्यमले सम्प्रेषण गर्ने भएकाले उक्त भ्रमणले नेपाल गन्तव्यको प्रभावकारी पर्यटन प्रवर्द्धन भएको र यसबाट बढीभन्दा बढी विदेशी पर्यटकको नेपाल आगमन हुने पर्यटन व्यवसायीको विश्वास छ ।

Previous Post

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ जारी गर्ने

Next Post

जलवायु परिवर्तनले नेपाल उच्च जोखिममा : प्रधानमन्त्री

सम्बन्धित खबर

आर्थिक गणना वैशाख २ देखि
आर्थिक

आर्थिक गणना वैशाख २ देखि

१९ चैत्र २०८२,
बालाजु बाइसधारा मेला सुरु
आवाज

बालाजु बाइसधारा मेला सुरु

१९ चैत्र २०८२,
इजरायलले इरानको सरकारी टिभी र रेडियोलक्षित आक्रमण गर्दै
अन्तर्राष्ट्रिय

इरान युद्धका कारण विश्व अर्थतन्त्रमा अनिश्चितता

१९ चैत्र २०८२,
शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु
आवाज

शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

१९ चैत्र २०८२,
चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा
अन्तर्राष्ट्रिय

चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

१९ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य केही घट्यो

१९ चैत्र २०८२,
Load More
Next Post
जलवायु परिवर्तनले नेपाल उच्च जोखिममा : प्रधानमन्त्री

जलवायु परिवर्तनले नेपाल उच्च जोखिममा : प्रधानमन्त्री

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In