दशवटा चकटीमा दशजना योगीहरु योगासनमा बसिरहेका थिए ।
यत्तिकैमा एउटा बिरक्तिएको मानिस आएर सबैभन्दा सिनियर जस्तो देखिने योगीसँग—
मानिसः महात्मा मलाई कुनै पनि केटीले वास्ता नै गर्दैनन्, सबै प्रयासहरु बिफल भए, अब म के गरौँ ?
साधुः (अर्काे साधुसँग) ए भाइ ! यो नयाँ साथीलाई एउटा चकटीको व्यवस्था गर त ।
पहिलो जन्ममा कुखुरी
विद्यार्थीः मिस तपाईं पहिलो जन्ममा कुखुरी हुनुहुन्थ्यो हो ?
मिसः (रिसाउँदै), किन र ?
विद्यार्थीः तपाईंले जहिले पनि मलाई टेष्ट पेपरमा अण्डा दिनुहुन्छ त्यसैले ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













