• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, February 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

    हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

    इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

    इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

    स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्

    स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्

    प्रदेश आयुर्वेद चिकित्सालयबाट सोह्र हजार बढीले लिए सेवा

    प्रदेश आयुर्वेद चिकित्सालयबाट सोह्र हजार बढीले लिए सेवा

    क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छः नेपाल

    क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छः नेपाल

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

म्याग्दीको प्रभुचेलाः खर्कबाट पर्यटकीय गन्तव्यमा परिणत

by
२ मंसिर २०८०,
0
म्याग्दीको प्रभुचेलाः खर्कबाट पर्यटकीय गन्तव्यमा परिणत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरी केही वर्षअघिसम्म गाईभैँसी, भेडा र बाख्राको गोठ राख्ने खर्क थियो।
ऐतिहासिक धार्मिकस्थल प्रभुचेलाको अध्ययन अनुसन्धान, संरक्षण र पूर्वाधार निर्माण गर्न थालिएको छ। प्रभुचेला धुरी प्रवर्धन समाज विमका अध्यक्ष नवीन जुग्जालीले यो ठाउँको ऐतिहासिक पक्षको अध्ययन र संरक्षण गरेर खर्कबाट पर्यटकीय गन्तव्यमा परिणत गरेको बताए।

‘जङ्गलको बीचमा रहेको समथर प्रभुचेलाको धार्मिक महत्त्व नभुझेर यहाँ पहिले हामीले गोठ राख्ने गरेका थियौँ’, उनले भने, ‘परापूर्वकालमा ऋषिमुनिले तपस्या गरेर ज्ञान आर्जन गरेको दुई वर्षअघिको अध्ययनबाट तथ्य पहिचान भएपछि संरक्षण, प्रवर्धन र पूर्वाधार निर्माणमा जुटेका छौँ।’

समुदाय, प्रदेश सरकार र स्थानीय तहले आश्रयस्थल, सडक, पदमार्ग, मन्दिर, खानेपानीको पूर्वाधार निर्माण गरिएको छ। प्रभुचेला धुरी प्राकृतिक हिसाबले पनि सुन्दर छ। यहाँ आउने तपस्वी, भक्तजन र पर्यटकको सुविधाका लागि पूर्वाधार निर्माण गरिएको प्रभुचेला ध्यान केन्द्र व्यवस्थापन समितिका सचिव सुरमन गर्बुजाले बताए।

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको १५ लाख रुपैयाँ सहयोगमा करिब ५० जना क्षमताको आश्रयस्थल भवन र उकालो बाटोमा ८७ मिटर पक्की पदमार्ग निर्माण गरिएको छ। कुटी, हवन कुण्ड र साधनास्थलको संरक्षण गरिएको छ।

प्रभुचेला धुरीमा एक सय वर्षअघिसम्म ऋषिमुनिका लागि तपस्यास्थल थियो। बिम गाउँको शिर र मालिका धुरीको फेदीमा अवस्थित प्रभुचेलमा नेपाल र भारतका विभिन्न ठाउँबाट ऋषिमुनी आउने गर्दथे। स्वर्गद्वारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले वि।सं १९७० देखि पाँच वर्ष यही ठाउँमा तपस्या गरेका थिए।

कपिलानन्द स्वामीले तपस्या गर्ने क्रममा बनाएको कुटी, साधनास्थल र हवन कुण्डको भग्नावशेष अझै छन्। प्रभुचेला धुरीबाट धौलागिरि र गुर्जा हिमशृङ्खला अवलोकन गर्न पाउनु अर्को विशेषता हो।

मालिका गाउँपालिकाको पाँच लाख बजेटबाट सोरवाङदेखि प्रभुचेला धुरीलाई सडकले जोडिएको अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए। विभिन्न दाताले व्यक्तिगत लगानीमा मन्दिर, खानेपानी र ध्यानाश्रम बनाएका छन्। पलबिर जुग्जालीले कपिलानन्दले ध्यान गरेको कुटीको पुनःनिर्माण गरेका छन्।

छकप्रसाद पाइजाले शिव र देउप्रसाद जुग्जालीले गणेशको मन्दिर बनाएका छन्। रूपलाल पुनको संयोजकत्वमा स्व मनबहादुर थजाली पुन र रतिमा पुनको स्मृतिमा खानेपानीको पाईप जडान, धारा र ट्याङ्की निर्माण भएको छ।

आश्रयस्थल बनेपछि तपस्वी, भक्तजन र पर्यटकलाई राति, हिउँ, पानी परेको र घाम चर्किँदा आश्रय लिन सहज भएको छ। समुद्र सतहदेखि दुई हजार चार सय मिटर उचाइमा अवस्थित प्रभुचेला धुरी बिमदेखि दुई घण्टा र सवारी साधनमा ३० मिनेटमा पुगिन्छ।

प्रभुचेलालाई ध्यान केन्द्रको रूपमा विकास गर्न चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले ५० लाख विनियोजन गरेको छ। बिम मालिका सङ्घले करिब २५ लाख जुटाएको जनाएको छ।

Previous Post

बालबालिकाका सिकाउनैपर्ने जरुरी आनीबानी

Next Post

हेल्थ टिप्सः भिन्डीका लाभदायी गुण

सम्बन्धित खबर

हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै
फिचर-ब्यानर

हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

२९ माघ २०८२,
इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो
समाचार

इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

२९ माघ २०८२,
स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्
समाचार

स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्

२९ माघ २०८२,
प्रदेश आयुर्वेद चिकित्सालयबाट सोह्र हजार बढीले लिए सेवा
समाचार

प्रदेश आयुर्वेद चिकित्सालयबाट सोह्र हजार बढीले लिए सेवा

२९ माघ २०८२,
क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छः नेपाल
समाचार

क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छः नेपाल

२९ माघ २०८२,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

२९ माघ २०८२,
Load More
Next Post
हेल्थ टिप्सः भिन्डीका लाभदायी गुण

हेल्थ टिप्सः भिन्डीका लाभदायी गुण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In