भित्रको दृढ सङ्कल्पले समयका परिपाकका साथ आपैm सुअवसर उभ्याइदिन्छ । हृदयका साथ अत्यन्त सादा भोजन अत्यन्त सादा जीवन गरी एकान्तमा एक्लै बस्ने दिव्यतम अवसरको आन्तरिक चाह थियो । जहाँ जसरी, जुन ठाउँमा पनि हृदयको भक्ति अपनत्व सेवाको छायामा एकान्तमा शान्त रही स्वार्थी, भौतिक भटकावको संसारलाई बिर्सिनु धैर्य हो ।
सबैलाई बिर्सेर एक्लै बस, श्वासका सहारामा भित्र पस, उठ, बस, जता जाऊ श्वासलाई नबिर्स, ढोँगी, स्वार्थी, दुनियाँमा मनलाई नराख, नाश हुने सबै छोडी अविनाशीलाई हेर, पहिले जाग्छ ‘म’ भन्ने । कहाँबाट आउँछ, त्यो कहाँबाट ‘म’ आउँछ त्यो धाम हेर । हेर सबै खेल आत्माको, आत्मा यो शरीरमा जसको बलले रहेको छ । तत्व त्यो त प्राण हो, भित्र प्राण कहाँ जान्छ । बाहिर प्राण कहाँ जान्छ । जागेर मेरो भन्ने अभिमान कसको हो । स्वप्नमा सबै देख्ने मन तरङ्ग कसको हो । सुषुप्तिमा बाहिर छोडी आनन्दमा रमाउने को हो ? उसैलाई खोज— एकान्तमा शान्त बसी ।
जो हृदयमा श्रद्धाभावले युक्त छैन । जसले प्राण दिएर, जीवन दिएर, अहं दिएर, धन दिएर, बाहिरको सबै बिर्सेर आत्मखोजमा लाग्ने निश्चय गरेको छैन ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













