१. कपालमा नियमित रुपमा तेलले मसाज गर्नाले कपालको जरा बलियो बनाउनुका साथै कपाल लामो र सुन्दर हुन्छ ।
२. दिनहुँ कपालमा तेल लगाउनाले कपालमा आवश्यक पोषण प्राप्त हुन्छ र कपाल झर्ने, टुक्रने सम्भावना कम हुन्छ भने यसले कपालको चाँया हटाउन मद्दत गर्छ ।
३. टाउकोमा नियमित तेल लगाउनाले टाउकोको रगत प्रवाह बढ्छ ।
४. सुत्ने बेलामा कपालमा तेलले मसाज गर्नाले कपालमा प्रशस्त मात्रामा पोषण मिल्छ । कपाल सील्की हुनुका साथै चमक पैदा हुन्छ ।
५. नियमित रुपमा कपालको जरासम्म तेलले मसाज गरेमा कपालमा धूलो तथा फोहर जम्न पाउँदैन र प्रदूषणबाट रक्षा गर्छ ।
६. राती सुत्ने बेलामा हल्का तातो बनाएर कपालमा लगाउने र बिहान धुने गर्नाले पोषण प्राप्त हुनुका साथै कपाल चमकदार र स्वस्थ हुन्छ ।













