मान्छेका इच्छा र आकांक्षाले नयाँ सिर्जनालाई जन्म दिन्छन् । यही इच्छा, आकांक्षा र खोजले आजको युग यति सम्पन्न र विज्ञानमय भएको छ । नेपालमा वैज्ञानिक आविष्कारको उच्च सम्भावना हुँदाहुँदै पनि प्रविधिले पिछडिएको छ । त बेलाबेला युवाहरुले केही न केही आविष्कार गरिरहेका हुन्छन् । पोखराको गरिब परिवारमा जन्मिएका विकास पराजुली सानैदेखि विभिन्न खेलौना बनाउने र हवाइजहाज उडाउने रहरमा हुन्थे ।
यही इच्छाको प्रतिफल उनले नेपालकै पहिलो डाँफे नामको हवाइजहाज बनाएर २०६४ मंसिर २१ मा सार्वजनिक गरे । डाँफे नेपालमै बनेको पहिलो नमुना हेलिकोप्टर हो । मान्छे समेत बस्न मिल्ने यो हेलिकोप्टर सरकारी संरक्षण र प्रचार प्रसारको अभावमा अन्ततः पोखराकै एक कुनामा खिया लागेर थन्किएको छ ।
साभारः ‘अनौठा कुरा’ पुस्तकबाट













