रञ्जुश्री पराजुली
तीज सकिए लगत्तै आउँने अर्को ठूलो चहाडको चाँजो मिलाउन धरमुलीलाई हम्मे परेको थियो । यसै बर्ष छोरा छोरीदुबैको बिहेको लगन पनि जुरको थियो । घरमुली आमालाई कसरी व्यवस्ता गरौँ भन्ने चिन्ता लागेको थियो । एक दिन छोरोले आफूले मनपराएकी केटी खुसुक्क भित्र्यायो । “मन्दिरमा साथीभाई समक्ष सिन्दुर पोते गरेर ल्याएँ आमा तपाईंलाई बुहारी । यिनलाई चिनेको चार वर्ष भयो । असल छिन् । बिहे पास गरकी जागिरे पनि छन् । आजकल समाजमा बढेको व्यबहार हामी दुबैलाई कत्ती पनि मन पर्दैन । त्यसैले साधारण तरिकाले मन्दिरमा साथीहरुलाई साक्षी राकेर बिहे गरें ।”
बा बिनाका दुई सन्तान हुर्काएर दुःख भोगेकी आमा छोराको कुरा सुनेर— “ठिक गरिस बाबू । आजकल बिहे, ब्रतबन्ध, चाड, पूजाआजा गर्न तड्क भड्कले गर्दा हामी जस्ता साधारणलाई धानी नसक्नु छ । तडक भडकसँगै महङ्गीले अकाश चुमेको छ । अब एउटा सानोतिनो भोज चाहिँ टोल छिमेकी र नातेदारलाई खुवाउनु पर्ला हगि ?
अब बैनीको पालो आएको छ । केटो उसैले आफै ठिक पारेको छु भनेकी छ । ऋण खोजेर साधारण तरिकाले गरिदिनु पर्ला भन्ने सोचेकी छु ।
आमा र दाजुको कुरा सुनिरहेकी बैनी रिसाउँदै— “मेरो त त्यस्तो बिचार छैन । मेरो केटा पौसावाल छ । उसलाई सबै कुरामा तडक भड्क गर्न मन लाग्छ । मेरो बिहे तल्लो पाटो खेत बेचेर भए पनि हामी दुईको चित्त बुझ्ने गरी गर्नुपर्छ ।” भनेर फन्किन्छे ।
साभारः लघुकथा कुनोबाट













