स्वार्थ भएको चित्त तथा ठीक निर्णय लिन नसक्ने स्वभाव तथा कसले के भन्ला वा नाक राख्ने प्रवृत्तिले सबै द्वन्द्व उभ्याउँछ, तसर्थ भक्तिको जीवन बाँच्न मन भएकाले निःस्वार्थ निर्भय तथा निश्चय गर्न सक्ने क्षमताको विकास गरेर आफ्नो मनलाई स्वतन्त्र राख्नुपर्छ ।
आफ्नो राग, आफ्नो त्याग, आफ्नो विवेक, आफ्नो क्षमता, अक्षमताभन्दा बाहिर केही छैन । उपर्युक्त मनोभाव अनुसार बाहिरको संसार देखिन्छ । सम्बन्धका सबै मान्छेहरू हानि लाभ र रुचि अरुचि अनुसार सम्पर्क सम्बन्ध राख्छन् र त्यसै अनुसार भन्छन्, सुन्छन्, विचार गर्छन्रु। ह । हाम्रो मन सबैको कारण र प्रकाश हो ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













