बालबालिकाहरूलाई उनीहरुको साथीको अगाडि उसको गलत कामका लागि कहिल्यै गाली गर्नु हुँदैन । बरु उसको साथीहरू गइसकेपछि उसको गल्तीबारे सम्झाउन सकिन्छ ।
– बालबालिकासित साथीको व्यवहार गर्न जरुरी छ ता कि आवश्यकता परेमा उनीहरूले आफ्नो कुरा विना कुनै डर बताउन सकून् ।
– बालबालिकाहरूसित बोल्दा आफ्नो भाषामा पनि ध्यान दिनुपर्छ । बालबालिकाहरू जति कुरा सिक्छन् त्यसमा अभिभावकको ठूलो भूमिका हुने गर्छ । कुनै कारणवश मुखबाट अपशब्द वा गलत शब्द निस्किहाल्यो भने पनि तुरुन्तै सरी भन्नुपर्छ ।
– ठूलो परिवारमा बस्नाले पनि बालबालिका जिद्दी हुने गर्छन् । त्यसैले बालबालिकालाई मायाका साथै आवश्यक परेमा गाली गर्नु पनि आवश्यक छ ।
– बालबालिकाहरूसित धेरै भन्दा धेरै समय विताउने कोसिस गर्नुपर्छ । उनीहरूसित धेरैभन्दा धेरै समय बिताएर उनीहरूलाई गलत संगतमा फस्नबाट बचाउन सकिन्छ ।













