• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँः सांसद पुन

    आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँः सांसद पुन

    जेनजी आन्दोलनमा भएको हिंसात्मक गतिविधिको निष्पक्ष छानबिन गर्न एमालेको माग

    जेनजी आन्दोलनमा भएको हिंसात्मक गतिविधिको निष्पक्ष छानबिन गर्न एमालेको माग

    जिम्मेवारी पूरा गरेर मतादेशको ऋण तिर्नेछौँः सभापति लामिछाने

    जिम्मेवारी पूरा गरेर मतादेशको ऋण तिर्नेछौँः सभापति लामिछाने

    आलेखः खुल्ला आकाशमुनिको ‘ट्युसन’ कक्षा

    आलेखः खुल्ला आकाशमुनिको ‘ट्युसन’ कक्षा

    आर्थिक गणना वैशाख २ देखि

    आर्थिक गणना वैशाख २ देखि

    बालाजु बाइसधारा मेला सुरु

    बालाजु बाइसधारा मेला सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँः सांसद पुन

    आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँः सांसद पुन

    जेनजी आन्दोलनमा भएको हिंसात्मक गतिविधिको निष्पक्ष छानबिन गर्न एमालेको माग

    जेनजी आन्दोलनमा भएको हिंसात्मक गतिविधिको निष्पक्ष छानबिन गर्न एमालेको माग

    जिम्मेवारी पूरा गरेर मतादेशको ऋण तिर्नेछौँः सभापति लामिछाने

    जिम्मेवारी पूरा गरेर मतादेशको ऋण तिर्नेछौँः सभापति लामिछाने

    आलेखः खुल्ला आकाशमुनिको ‘ट्युसन’ कक्षा

    आलेखः खुल्ला आकाशमुनिको ‘ट्युसन’ कक्षा

    आर्थिक गणना वैशाख २ देखि

    आर्थिक गणना वैशाख २ देखि

    बालाजु बाइसधारा मेला सुरु

    बालाजु बाइसधारा मेला सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

दिवाली–छठः किसानलाई आर्जनको अवसर

by
२४ कार्तिक २०८०,
0
दिवाली–छठः किसानलाई आर्जनको अवसर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी। दसैँ भर्खरै सकेका मधेसको प्राचीन मिथिला क्षेत्रका हिन्दु मैथिललाई यसतबेला दिवाली (तिहार, दीपावली, दियाबाती) र छठ पर्वको चटारो छ । चाडपर्व मनाउन खर्चको जोहोका लागि दिवाली र छठ यहाँका गरिब किसान र श्रमजीवीलाई आर्जनको अवसर हुने गरेको छ ।

पर्वविशेषमा विधिमै अनिवार्य चाहिने केही कृषि उत्पादनले राम्रो मूल्य पाउने भएपछि यहाँका किसान यो बेला आर्जनसँग जोडिएका छन् । श्रमजीवीका लागि आफ्नै गाउँघर वरपर कामका अवसर थपिनाले यी पर्व गरिब र श्रमिकका लागि विशेष बन्दै आएका हुन् ।

घर करेसाबारीमा लगाइएका फूल, अदुवा, ज्यामिर, केरालगायत उत्पादनले यी चाडपर्वमा राम्रो मूल्य पाउँछन् । दिवालीमा व्यापारिक प्रतिष्ठानले लक्ष्मीपूजास्थल सजाउन केराका थामबाट द्वार बनाउने चलन छ । यस प्रयोजनका लागि घरकरेसामा रहेका केराका कोथा (नयाँ हुर्केका बिरुवा) बेचेर पनि पर्व खर्चको जोहो हुन्छ ।

‘खासमा केराको प्रतिझ्याङ्गमा तीन वटाभन्दा बढी बोट राख्नु हुँदैन । बढी भएका कोथा छ्याँस्ने (उखाल्ने) फ्याँक्नु पर्छ’, पशुपतिनगरका किसान रामविनोद महतोले भने, ‘यो कोथा छ्याँस्ने काम हामी दिवालीको मुखमा गर्छौं । सबै फालिनुपर्ने कोथाको मूल्य पाइन्छ ।’ उनका अनुसार केराका थामका लागि केही दिनपहिले नै लिनेदिनेले कुरा पक्कापक्की गर्दछन् । लक्ष्मीपूजाको दिन चोकबजारमा केराका थामको बजार नै लाग्ने उनको भनाइ थियो ।

‘केरा फल र कोथा दुवैको माग हुने दिवाली र केराका घरी नै छठ पर्वमा कतिपयको भाकल हुने गर्छ । दिवाली र छठ सँगसँगैजस्तो पर्नाले यी पर्वमा केराको खपत निकै बढ्ने गरेको छ’, महतोले भने, ‘यसबाहेक ज्यामिर (कागतीकै एक प्रकार), बोटसहित उखालिएको अदुवा र बेसार, पातसहितको उखु पनि दुवै पर्वका पूजा सामग्री हुन् । थोरै जग्गा हुने गरिब किसानले आफ्नो घरकरेसामा लगाएका यी वनष्पतिबाट पर्वको अवसरमा राम्रो आर्जन गर्ने गरेका छन् ।’

उनका अनुसार अरू बेला दैनिक रुपमा प्रयोग गर्न छाडिएका बाँसका डाला, छिटी, नाङ्ला, चाल्नु र अन्य चोयाबाट बन्ने सामग्री तथा माटाका भाँडा, कलश राख्ने गाग्रो, दही जमाउने छ्याँची, प्रसाद सामग्री राख्ने तौला र दियो बाल्ने दियौरी दिवाली र छठ पर्वका खास सामग्री हुन् । अरू बेला यस्ता सामानको बिक्री हुन छाडे पनि यी पर्वमा बिक्री हुने महतोले जानकारी दिए। पर्वमा घर रङ्रोगन गर्ने सीपका कामदारको माग पनि बढ्ने उनले बताए।

बाँसको चोयाका सामग्री बुन्ने डोम र विन तथा माटाका भाँडा बनाउने कुम्हाल समुदायको यो समयमा निकै व्यस्तता बढ्ने गरेको छ । दिवालीमा माग हुने कृषि उपज र बनाइने अन्य सामग्रीबारे उपभोक्ताले खोजी गर्न थालेका स्थानीय व्यापारी बताउँछन् । यसपालि अनुकूल वर्षा नहुँदा अपेक्षित धानबाली लगाउन नपाएका किसान अहिले पर्वविशेषमा महत्व पाइने कृषि उपज (अदुवा, उखु, ज्यामिर, केराआदि) बेचेर पर्व टार्ने धुनमा छन् ।

‘मेरो धेरै जग्गा छैन । घर छेउको करेसाबारीमा थोरै अदुवा सपारेकी छु । एउटा बोटमा ज्यामिर लटरम्म फलेका छन्’, स्थानीय सियानकीदेवी बाँतरले भने, ‘दिवालीमा यिनै उपज बेचेर पर्व खर्च जुट्ने विश्वासमा छु ।’ करेसाबारीको दुई(तीन धुर जग्गामा उखु पनि रहेको भन्दै उखुका लाँक्रा पनि बिक्री गर्ने उनको भनाइ थियो ।

हिन्दु वैदिक परम्पराका दिवाली र छठ पर्व कृषिसँग अभिन्न रूपले जोडिएका यस भेगका पाका मैथिल बताउँछन् ।

Previous Post

स्याङ्जाको गह्रौँसुर मन्दिरमा १५ लाख भेटी सङ्कलन

Next Post

भूकम्पले जाजरकोट दरबारको अस्तित्व सङ्कटमा

सम्बन्धित खबर

आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँः सांसद पुन
आवाज

आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँः सांसद पुन

१९ चैत्र २०८२,
जेनजी आन्दोलनमा भएको हिंसात्मक गतिविधिको निष्पक्ष छानबिन गर्न एमालेको माग
आवाज

जेनजी आन्दोलनमा भएको हिंसात्मक गतिविधिको निष्पक्ष छानबिन गर्न एमालेको माग

१९ चैत्र २०८२,
जिम्मेवारी पूरा गरेर मतादेशको ऋण तिर्नेछौँः सभापति लामिछाने
आवाज

जिम्मेवारी पूरा गरेर मतादेशको ऋण तिर्नेछौँः सभापति लामिछाने

१९ चैत्र २०८२,
आलेखः खुल्ला आकाशमुनिको ‘ट्युसन’ कक्षा
आवाज

आलेखः खुल्ला आकाशमुनिको ‘ट्युसन’ कक्षा

१९ चैत्र २०८२,
आर्थिक गणना वैशाख २ देखि
आर्थिक

आर्थिक गणना वैशाख २ देखि

१९ चैत्र २०८२,
बालाजु बाइसधारा मेला सुरु
आवाज

बालाजु बाइसधारा मेला सुरु

१९ चैत्र २०८२,
Load More
Next Post
भूकम्पले जाजरकोट दरबारको अस्तित्व सङ्कटमा

भूकम्पले जाजरकोट दरबारको अस्तित्व सङ्कटमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In