• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आर्थिक गणना वैशाख २ देखि

    आर्थिक गणना वैशाख २ देखि

    बालाजु बाइसधारा मेला सुरु

    बालाजु बाइसधारा मेला सुरु

    इजरायलले इरानको सरकारी टिभी र रेडियोलक्षित आक्रमण गर्दै

    इरान युद्धका कारण विश्व अर्थतन्त्रमा अनिश्चितता

    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य केही घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    आर्थिक गणना वैशाख २ देखि

    आर्थिक गणना वैशाख २ देखि

    बालाजु बाइसधारा मेला सुरु

    बालाजु बाइसधारा मेला सुरु

    इजरायलले इरानको सरकारी टिभी र रेडियोलक्षित आक्रमण गर्दै

    इरान युद्धका कारण विश्व अर्थतन्त्रमा अनिश्चितता

    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य केही घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

भूकम्पले जाजरकोट दरबारको अस्तित्व सङ्कटमा

by
२४ कार्तिक २०८०,
0
भूकम्पले जाजरकोट दरबारको अस्तित्व सङ्कटमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जाजरकोट– विसं १९९० साल माघ २ गते गएको भूकम्पबाट क्षति व्यहोरेको जाजरकोट दरबारले फेरि गत शुक्रबारको भूकम्पमा परी क्षति व्यहोरेको छ ।

हाल जिल्ला प्रशासन कार्यालय रहेको यो दरबार विसं १८५२ सालमा निर्माण गरिएको थियो । ‘सेतो दरबार’ भनेर चिनिने जाजरकोट दरबारले भूकम्प सहेको यो तेस्रोपटक हो । यसपटक दरबार चर्किएको मात्र छ ।

यसअघिका दुईवटा भुइँचालोले दरबारलाई क्षतिग्रस्त बनाएका थिए । दुवैपटक दरबार पुनर्निर्माण गरिएको थियो । केही वर्षअघि नेपाल सरकारले सूचीकृत गरेको देशका एक सय पर्यटकीय गन्तव्यभित्र सेतो दरबार अर्थात् जाजरकोट दरबार पनि परेको छ ।

पर्यटकीय गन्तव्यका रूपमा रहेको जिल्लाको इतिहासमा भूकम्पले फेरि जोखिम निम्त्याएपछि यसको संरक्षणमा चुनौती थपिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए ।

‘दुईपटक भत्किसकेको दरबारमा अहिले पनि उस्तै जोखिम निम्तिएको छ, जिल्लाको इतिहासलाई जोगाउन यसलाई जोगाउनै पर्ने हुन्छ’, उनले भने, ‘जाजरकोट राज्य हुँदा जनताको श्रमबाट पुनर्निर्माण गरिएको थियो, अब यसरी समयमै पुनर्निर्माण गर्न पनि सहज छैन ।’

यसभन्दा ९० वर्षअघि १९९० साल माघ २ गते नेपाल र भारत केन्द्रबिन्दु भएर गएको ८ रेक्टरस्केलको भूकम्पले जाजरकोट दरबार पूर्णरूपमा भत्किएको थियो ।

उक्त भूकम्पबाट आठ हजार पाँच सयभन्दा बढी नागरिकको ज्यान गएको थियो । जाजरकोटमा भएको मानवीय क्षतिको भने तथ्याङ्क छैन । ९० वर्षअघिको उक्त भूकम्पलाई दरबारमा क्षति गर्ने शक्तिशाली विपद्का रूपमा जाजरकोटवासीले लिन्छन् ।

सेतो दरबार भनिने जाजरकोट दरबार १९९० सालको भूकम्प जानुभन्दा अघि १८५२ सालमा निर्माण गरिएको हो । तत्कालीन जाजरकोटी राजा इन्द्रनारायण शाहको पालामा खलङ्गा क्षेत्रको सबभन्दा अग्लो भाग छनोट गरेर यो दरबार निर्माण गरिएको थियो ।

त्यसअघि सोही क्षेत्रमा रातो दरबार थियो । जसलाई १८२५ सालमा राजा हरि शाहले बनाएका थिए । यो दरबार पनि अहिले सरकारी निकायको कार्यालयका रूपमा छ । यसअघि जिल्ला विकास समिति र कृषि विकास बैंकका कामकाज हुने रातो दरबारमा सङ्घीयतापछि जिल्ला समन्वय समितिको कार्यालय छ ।

रातो दरबार बनेको २७ वर्षपछि राजा इन्द्रनारायणले राज्य सञ्चालनका लागि थप भौतिक संरचनाको आवश्यकता ठानेर अर्को दरबार बनाएको जाजरकोट दरबार इतिहासका जानकार राजेन्द्रविक्रम शाहले बताए ।

यो दरबार सुरुमा बनाउँदा पनि जाजरकोटी राजाको आदेशमा जनश्रमदान गरिएको थियो । यसका लागि राजाले जनताले श्रमदान गर्ने निश्चित दिन तोकिदिएका थिए । राजा इन्द्रनारायणका पालामा यो दरबार कति तलाको थियो भन्ने यकिन जानकारी भने छैन ।

जाजरकोट दरबारले दोस्रोपटक भूकम्पीय क्षति भोगेको २०४५ सालमा हो । उदयपुर केन्द्रबिन्दु रहेको ६ दशमलव ९ रेक्टरस्केलको भूकम्पले दरबारको पश्चिम भाग ९जसलाई पश्चिम नाल भनिन्थ्यो० मा क्षति पुगेको थियो । यसलाई २०५१ सालमा पुनर्निर्माण गरिएको हो । त्यो भूकम्पले दरबारमा क्षति पुगे पनि मानवीय क्षति भने जाजरकोटमा नभएको शाहले बताए ।

तीनपटक भूकम्पीय क्षति भोगेको जाजरकोट दरबारबाट इन्द्रनारायणपछिका सात जना राजाले शासन गरेका थिए । यो दरबारबाट शासन चलाउने अन्तिम राजा प्रकाशविक्रम शाह थिए ।

इन्द्रनारायणभन्दा अघिका जाजरकोटी राजा हरि शाहदेखि गजेन्द्रनारायण शाहसम्मले रातो दरबारबाट शासन चलाएका थिए । जाजरकोटको राज्य सञ्चालन हुने सेतो दरबार र रातो दरबारमार्फत २०१७ सालदेखि नै सरकारी कामकाज हुँदै आएका थिए ।

प्रकाशविक्रमदेखि पछिका राजा २०१७ देखि नै ती दरबारमा बस्न छोडेका थिए । २०१७ सालमै जाजरकोटी राजा प्रकाशविक्रम शाहले नेपाल सरकारलाई ६० हजार रुपैयाँमा जाजरकोट दरबार बेचेका थिए । त्यसपछि यो सरकारी सम्पत्तिका रूपमा परिणत भएको हो ।

अहिले सञ्चालनमा रहेको जिल्ला प्रशासन कार्यालयलाई आफ्नो भवन बनाएर सार्नुपर्ने इतिहासका जानकार शाहको भनाइ छ । सरकारी कार्यालय रहँदा यसको इतिहास मेटिँदै जाने तर्क उनको छ । यसपटकको भूकम्पले जाजरकोट दरबारसँगै त्यतिबेलाकै स्वरूपमा बनेका अरू ऐतिहासिक घर पूर्णरूपमा भत्किएका छन् ।

खलङ्गाको माथिल्लो थाप्लेमा बनेका व्यक्तिको स्वामित्वमा भएका ती दुईवटा घरलाई स्थानीयले दरबार भन्ने गरेका छन् । ती दुई घरमध्ये एउटा जाजरकोटी राजा जङ्गबहादुर शाहका छोरा समरध्वज, रणध्वज र सुरबहादुर शाहले १९४२ सालमा जाजरकोटी जनताको सहयोगमा बनाएका थिए । अर्को घर जङ्गबहादुरकै छोरा शक्तिवर्द्धन, अमरबहादुर, नरशमशेर र नरजङ्ग शाहले १९५० सालमा बनाएका हुन् ।

दरबारकै रूपमा चिनिने यी घर राज्य सञ्चालनका लागि भन्दा पनि जाजरकोटी राजाका भाइ तथा छोरा बस्नका लागि भनेर दरबारकै स्वरूपमा बनाइएको थियो । राजाका भाइ तथा छोरा धेरै भएर उनीहरूका आवास व्यवस्थापनका लागि ती घर बनेको शाह बताउँछन् ।

Previous Post

दिवाली–छठः किसानलाई आर्जनको अवसर

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

आर्थिक गणना वैशाख २ देखि
आर्थिक

आर्थिक गणना वैशाख २ देखि

१९ चैत्र २०८२,
बालाजु बाइसधारा मेला सुरु
आवाज

बालाजु बाइसधारा मेला सुरु

१९ चैत्र २०८२,
इजरायलले इरानको सरकारी टिभी र रेडियोलक्षित आक्रमण गर्दै
अन्तर्राष्ट्रिय

इरान युद्धका कारण विश्व अर्थतन्त्रमा अनिश्चितता

१९ चैत्र २०८२,
शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु
आवाज

शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

१९ चैत्र २०८२,
चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा
अन्तर्राष्ट्रिय

चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

१९ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य केही घट्यो

१९ चैत्र २०८२,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In