केही नेपालीहरू असाध्यै बढी रक्सी पिउँछन् र झ्याप भएर ह्याङओभरका कारण टाउको पनि समातिरहेका भेटिन्छन् । ह्याङओभर छिट्टै उत्रिँदा पनि उत्रिँदैन । सकेसम्म रक्सी नपिउनु, पिउनै परेमा पनि ठिक्क मात्र पिउँदा राम्रो । तैपनि धेरै रक्सी पिएर ह्याङओभर भइहालेमा कसरी हटाउने त ह्याङओभरलाई ?
– रक्सी पिउँदा शरीरमा अम्लको मात्रा बढ्ने हुँदा धेरै थकाइ लाग्छ र सुस्त भइन्छ । यस्तो स्थितिमा दूध वा दही पिउँदा रक्सीको नशा कम हुन्छ ।
– मनतातो पानीमा कागती र नून हालेर पिउँदा पनि रक्सीको नशा कम हुँदै जान्छ ।
– रक्सी पिएपछि टाउको दुख्ने, बान्ता लाग्ने र चक्कर आउने भएमा तत्कालै मह चाट्नुस् । बिस्तारै ह्याङओभर उत्रिन्छ ।
– सुन्तलाको रसमा भएको भिटामिन सीले चक्कर लाग्न दिँदैन । अनि रक्सीको नशा पनि उत्रिन्छ ।
– अदुवा हालेको चिया पिउँदा टाउको दुखेको कम हुन्छ । अनि रक्सी पचाउन पनि अदुवा चियाले मद्दत गर्छ ।













