१. जो व्यक्ति बुद्धि, धर्म, ज्ञान र आयुमा ठूलोको आदर–सत्कार गरी, तीनलाई प्रसन्न पारेपछि उनलाई गर्न योग्य काम र अयोग्य कामको बारेमा प्रश्न सोध्दछ, ऊ कर्तव्य क्षेत्रमा कहिल्यै शान्त हुँदैन ।
२. जो व्यक्ति गलत नीतिको कारण भएको आर्थिक हानिलाई बुद्धिमत्ता पूर्वक उत्तम नीति अपनाएर पूरा गर्न चाहन्छ, ऊ वीर पुरुषको आचरण गर्दछ ।
३. भू–मण्डलमा जति पनि धान, जौ अन्न, सुन, धान, पशु र स्त्री छन्, ती सबै एक लोभी मानिसलाई दिए पनि उसको लोभी प्रवृत्ति समाप्त हुँदैन । यो रहस्य बुझेर बुद्धिमान व्यक्ति लोभ–लालचको वशमा पर्दैन ।
४. मानिसको मृत्युपछि उसको धनको प्रयोग अरुले गर्दछन् । उसको शरीर या त पन्छिले चोक्ट्याउँछन् या अग्निले खरानी पार्छ । तर जीवनमा गरिएको पुण्य र पापसँगै मानिस परलोकमा पुग्दछ ।
५. मृत्युपछि शरीर त नाश हुन्छ, केवल पुण्य कर्म नै मानिसको साथ जान्छन् । अतः मानिसले यस्ता धर्मयुक्त काम नै गर्नुपर्छ, जसबाट बढीभन्दा बढी पुण्य संचित गर्न सकियोस् ।
६. मृत्युलोकको माथि र तल गहन अन्धकार व्याप्त छ । यो अन्धकारले इन्द्रियको चेतनालाई हर्दछ । हे राजन ! यस रहस्यलाई बुझ र यस प्रकार जीवन व्यतीत गर कि यो अन्धकारले तिम्रो चेतनालाई प्रभावित गर्न नसकोस् ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













