• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत

    बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दुई वर्षमा सकिने पुल तीन वर्षमा आधा मात्रै काम

by
२२ कार्तिक २०८०,
0
दुई वर्षमा सकिने पुल तीन वर्षमा आधा मात्रै काम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ढोरपाटन । बागलुङको तमानखोला गाउँपालिका–१ बोङ्गादोभानस्थित बोङ्गाखोलामा पुल निर्माण गर्न थालेको तीन वर्ष बितिसक्यो ।

अहिले खोलाको दुईपट्टी पिल्लर मात्रै ठडिएका छन् । त्यस बाहेक पुलको कुनै पनि काम हुनसकेको छैन ।

ठडिएका पिल्लर पनि खिया लागेर काम नलाग्ने अवस्थामा पुगेका छन् । हरेक वर्ष वर्षातको समयमा बोङ्गाखोलामा पानीको बहाव बढेर आउने हुँदा यातायात सञ्चालन हुन सक्दैनन् ।

यसवर्ष पनि असारदेखि ठप्प भएका सवारीसाधान कात्तिक लागेपछि मात्रै सञ्चालनमा आएका हुन् । स्थानीय वारपार गर्न झोलुङ्गे पुलको सहायता लिने गरेका छन् ।

यो खोला पार गरेर मात्रै पालिका केन्द्र पुगिन्छ । भौगोलिक हिसाबले विकट मानिने तमानखोलामा थुप्रै खोला छन् ।

यहाँ पुल नबन्दा वडा नं १ र २ का केही गाउँबाहेक अन्य वडाका नागरिक बर्खामा पालिकासम्म सिधा यातायात गर्न पाउँदैनन् । पुल निर्माणको जिम्मा पाएको कान्तिपथ कन्ट्रक्सनको लापरबाहीले अहिलेसम्म पुल बन्न नसकेको हो । निर्माण कम्पनी समय–समयमा सम्पर्कविहीन हुँदा करोडौँको योजना अलपत्र हुने गरेको स्थानीयवासीको भनाइ छ ।

विसं २०७७ पुस १६ गते सडक डिभिजन कार्यालय बागलुङसँग सम्झौता गरी काम सुरु गरेको निर्माण कम्पनीले अटेर गरिरहेको छ ।

विसं २०७९ चैत ३० गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि हालसम्म करिब ५१ प्रतिशत मात्रै काम भएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।

दुई वर्ष तीन महिनामा सक्नुपर्ने पुल समयावधिसम्म नसकेपछि गतवर्ष चैत ३० गते एक वर्षको लागि म्याद थप गरेको सडक डिभिजन कार्यालय बागलुङका इञ्जिनीयर अमर अधिकारीले बताए ।

निर्माण कम्पनीको म्याद अब पाँच महिना मात्रै बाँकी रहेको उनको भनाइ छ । पुल निर्माणका लागि तीन करोड १० लाख ६८ हजार ११३ लागत अनुमान गरेकामा निर्माण कम्पनीले दुई करोड ७१ लाख २७ हजार नौ सय ६४ मा जिम्मा लिएको इञ्जिनीयर अधिकारी बताउछन् । पाँच महिनाको अवधिमा धेरे मजदूर लगाएर धमाधम काम गरे मात्रै सकिने सम्भावना रहेको उनको भनाइ छ ।

इञ्जिनीयर अधिकारीले भने “विभिन्न कारण देखाएर अहिलेसम्म कामसक्न सकेको छैन, अब तिहार पछाडि आएर काम गर्छु भनेको छ, हालसम्म ५२ प्रतिशत काम गरेको छ, बाँकी ४८ प्रतिशत काम ध्यान दिएर ग¥यो भने चैतसम्म सकिन सक्छ, काम गरेन भने गाह्रो छ, बेसको काम गरिसकेको छ, अझै केही समय म्याद रहेको हुँदा हामीहरुले पनि ताकेता गरिरहेका छौँ ।”

पुल निर्माण सुरु भएको यतिका वर्षसम्म काम सम्पन्न नहुँदा बर्खाको समयमा बढी सास्ती खेप्नु परेको स्थानीयवासी प्रेमबहादुर पुनले बताए ।

यो खोला पार गरेर मात्रै पालिकाको केन्द्र र ठूला–ठूला सहरमा पुगिने भन्दै ठेकेदारको लापरबाहीले हजारौँ तमानखोलावासीले दुःख पाएको पुनको भनाइ छ ।

बर्खा लाग्न थालेपछि १०(१५ दिन काम गरे जस्तो गर्ने र त्यसपछि ठेकेदार भाग्ने गरेको उनले बताए । सामान ढुवानी र यात्रा गर्न बढी समस्या हुने पुन बताउछन्

“हिउँदमा त गाडी तर्न सक्छ, यात्रा गर्न र सामान ओसारपसार सजिलै गर्न सकिन्छ, जब असार लाग्छ, त्यसपछि कात्तिकसम्म त गाडी नै चल्दैनन्, यहाँ पुल बन्थ्यो भने त किन समस्या हुन्थ्यो र जति बेला पनि ओहोरदोहोर गर्न सकिन्थ्यो” पुनले भने – “यही तालले हो भने त यहाँ पुल बन्ने सम्भावना देखिन्न, वर्षौँ भयो काम सुरु भएको एक वर्षमा एक पटक काम गर्न आउँछ, दुई-चार दिन गरेर भाग्छ ।”

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले निर्माण कम्पनीलाई समयमै काम सक्न आग्रह गरे पनि बेवास्ता गरेको बताए । यहाँ काम गर्न कुनै पनि बाधा अवरोध नभएको भन्दै निर्माण कम्पनीले अटेरी गरिरहेको उनि बताउछन् । सम्झौताको म्याद सकिएर थप गरेको पनि एक वर्ष बित्न लाग्दा पनि काममा नफर्किएको उनको भनाइ छ ।

अध्यक्ष बुढा मगरले भने “हामीहरुले धेरै पटक निर्माण कम्पनीका मुख्य व्यक्तिलाई नै धेरै पटक पुलको काम सकिदिनु पर्या भने भन्यो तर सुनुवाइनै भएन, बाहिरबाट ल्याउने सामग्रीबाहेक अरु अरु यही सहज रुपमा पाइन्थ्यो, काम गर्न समस्यानै थिएन, मजदुर लगाएको भए एकै वर्षमा पुल सकिन्थ्यो, तर तीन वर्षसम्म पनि पुल बन्ने नबन्ने ठेगान छैन, जनताले सास्ती पाइराखेका छन्, निर्माण कम्पनी बेखर छ ।”

Previous Post

भूकम्पमा डेढ सयको मृत्यु हुँदा पनि सरकारले मनाएन शोक दिवस

Next Post

मनाङमा चिसो बढेपछि बेँसी सारिँदै गोठ

सम्बन्धित खबर

बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत
आर्थिक

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

१७ चैत्र २०८२,
पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना
आर्थिक

पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

१७ चैत्र २०८२,
पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल
आर्थिक

पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

१७ चैत्र २०८२,
धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित
आर्थिक

धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

१७ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि बढ्यो

१७ चैत्र २०८२,
भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै
आर्थिक

भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

१७ चैत्र २०८२,
Load More
Next Post
मनाङमा चिसो बढेपछि बेँसी सारिँदै गोठ

मनाङमा चिसो बढेपछि बेँसी सारिँदै गोठ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In