• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    मुक्तिक्षेत्रमा भारी हिमपात

    मुक्तिक्षेत्रमा भारी हिमपात

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अफ्रिकी ‘कोप’: भोकमरी मुद्दाले प्राथमिकता पाएन

by
२७ कार्तिक २०७९,
0
अफ्रिकी ‘कोप’: भोकमरी मुद्दाले प्राथमिकता पाएन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इजिप्ट (शार्म एल–शेख) जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २७औँ सम्मेलन ९कोप–२७०मा खाद्य सङ्कटको मुद्दाले अपेक्षाकृत प्राथमिकता नपाएको देखिएको छ ।

अफ्रिकी मुलुक इजिप्टमा भइरहेको यस सम्मेलनलाई अफ्रिकी कोपसमेत मानिन्छ । सम्मेलनका हालसम्मका कार्यक्रम र छलफलमा उठेका विषयवस्तु हेर्दा यस महादेशका मुख्य मुद्दा जलवायु परिवर्तनका कारण उत्पन्न खाद्य सङ्कट, भोकमरी र खडेरीजस्ता विषयले आशा गरेअनुसार प्राथमिकता पाउन सकेको देखिँदैन ।

यी विषयले प्राविधिकरूपमा महत्व पाए पनि र सम्मेलनको उच्चस्तरीय सत्रमा राजनीतिकरूपमा कुरा उठे पनि औपचारिक एजेण्डा बन्न नसकेको सम्मेलनमा सहभागी ‘वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्’ सदस्य डा विमलराज रेग्मीले जानकारी दिनुभयो ।

यी विषयमा विश्व खाद्य तथा कृषि सङ्गठनको पहलमा विभिन्न छलफल गरिएको छ । यद्यपि अफ्रिकी महादेशमा भइरहेको सम्मेलनमा पनि यी विषयलाई औपचारिक एजेण्डा बनाउन नसक्नु दुभाग्र्य भएको बताउँदै उहाँले आगामी सम्मेलनमा औपचारिक एजेण्डा बन्ने अपेक्षा गर्नुभयो ।

जलवायुमा देखिएका परिवर्तनशीलता जस्तैः अतिवृष्टि, अनावृष्टि, खडेरी, पहिरो र बाढीका कारण नेपालमा कृषि उत्पादन, पशुपालन र मत्स्यपालनमा १० देखि ३० प्रतिशतसम्म उत्पादनमा ह्रास आएको पाइएको जनाइएको छ ।

सम्मेलनमा सहभागी राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले जलवायु परिवर्तनका कारणले विश्वमा नै खाद्य प्रणालीमा परेको सङ्कटको विषयलाई सम्मेलनमा प्राथमिकताका साथ उठनुपर्ने बताउनुभयो ।

‘डिसिए’का जलवायु कार्य सल्लाहकार राजन थापाले सम्मेलनको सुरुआती चरण हेर्दा खाद्य सङ्कटको विषय जबर्जस्त आउनुपर्ने अपेक्षा रहेको भए पनि अफ्रिकी मुुलुकले यसअघि उठाएर जसरी यो विषय उठाएको नदेखिएको बताउनुभयो ।

सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष नागदेव यादवले जलवायु परिवर्तनले विश्वव्यापीरूपमा नै खाद्य सङ्कट बढाएको उल्लेख गर्दै यसको समाधानका लागि न्यूनीकरणमा नै जानुपर्ने बताउनुभयो ।

१५ हजार युरो राशिको मञ्चलाई

मधेस प्रदेशका विभिन्न जिल्ला कार्यरत सामुदायिक विकास तथा पैरवी मञ्चले १५ हजार युरो राशिको पुरस्कार प्राप्त गरेको छ । नेदरल्याण्डमा मुख्यालय रहेको ग्लोबल सेन्टर अन एड्याप्टेसन नामक संस्थाले यो वर्षदेखि दिन थालेको स्थानीय अनुकूलन च्याम्पिययन अवार्ड ९लोकल एड्याप्टेसन च्याम्पियन अवार्ड० अन्तर्गतका विभिन्न चार विधामध्ये लोकल इनोभोनेशन क्याटागोरीमा मञ्चले उक्त पुरस्कार पाएको हो । गत आइतबारदेखि यहाँ जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २७औँ सम्मेलन ९कोप–२७०को एक कार्यक्रममा उक्त पुरस्कार हस्तान्तरण गरिएको हो ।

भर्चुअल माध्यमवाट पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसङ्घका पूर्वमहासचिव तथा ग्लोबल सेन्टर अन एड्याप्टेसन सञ्चालक समितिका अध्यक्ष वान्की मुनले स्थानीय अनुकूलनका लागि स्थानीय सरकार र समुदायको महत्वपूर्ण योगदान हुने र विकास योजनालाई समावेशी बनाउनुपर्ने बताउनुभयो ।

पुरस्कार वितरण समारोहमा बोल्दै वन तथा वातावरण मन्त्रालयका सचिव डा पेमनारायण कँडेलले जलवायु अनुकूलन राष्ट्रिय नीतिले निर्दिष्ट गरेअनुसार नेपालले जलवायु कार्यहरू गर्दै आएको बताउनुभयो ।

सो संस्थाले मधेस प्रदेशका अन्य विकास साझेदार संस्था तथा स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्दै चुरे संरक्षण, संवद्र्धन, नदी प्रणाली व्यवस्थापन, वन तथा वन्यजन्तु संरक्षण, बगरमा फलफूल खेती गरी बगैँचा र तरकारी खेती प्रवद्र्धन गर्दै आएको जनाइएको छ ।

संस्थाको सक्रियता र सहजीकरणमा चुरे क्षेत्रहरूमा जलाधार संरक्षण पोखरीहरू निर्माण भई तल्लो तटीय क्षेत्रमा ग्राउण्ड वाटर रिचार्ज हुन सहयोग पुगेको र यसले वन तथा वन्यजन्तु संरक्षणमा पनि सहयोग भएको सस्थाको दाबी छ ।

यसैगरी वर्षभरि नै सिँचाइका लागि चुरेबाट बग्ने नदीहरुबाट चुहेको पानीलाई व्यवस्थापन गरी सिँचाइ सुविधा पु¥याई एकै वर्षमा तीन बाली खेती सहजै हुने गरेको र यसले स्थानीय तहको खाद्य सुरक्षालाई समेत टेवा पुगेको अध्यक्ष यादवको कथन छ । यसबाहेक खहरेखोल्सामा स–साना चेकड्याम निर्माण गरेर पानीको बहाव कम गर्दै इन्टेक ट्याङ्कीमा सङ्कलन गरेर स्वच्छ पिउने पानीको व्यवस्था गरिएको बताइएको छ ।

Previous Post

कस्ता सवारी साधनले मतदानको दिन लिनु पर्दैन सवारी पास ?

Next Post

मिनीबस दुर्घटनामा कम्तीमा १९ जनाको मृत्यु

सम्बन्धित खबर

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा
जीवन शैली

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

६ चैत्र २०८२,
मुक्तिक्षेत्रमा भारी हिमपात
आवाज

मुक्तिक्षेत्रमा भारी हिमपात

६ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
आर्थिक

प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

६ चैत्र २०८२,
सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल
आवाज

सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

६ चैत्र २०८२,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आवाज

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

६ चैत्र २०८२,
ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज
आवाज

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

६ चैत्र २०८२,
Load More
Next Post
मिनीबस दुर्घटनामा कम्तीमा १९ जनाको मृत्यु

मिनीबस दुर्घटनामा कम्तीमा १९ जनाको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In