• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै

    मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

    मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

    पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

    पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै

    मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

    मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

    पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

    पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सांसदसँग राससः कानुन बनाउँदा विचार, पार्टी र व्यक्ति होइन, देश र जनतालाई हेरौँः सांसद जैसवाल

by
१० कार्तिक २०८०,
0
सांसदसँग राससः कानुन बनाउँदा विचार, पार्टी र व्यक्ति होइन, देश र जनतालाई हेरौँः सांसद जैसवाल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १० कात्तिक : राष्ट्रिय प्रजातन्त्र पार्टीकी युवा नेत्री एवं सांसद वीना जैसवाल संसद्मा समसामयिक विषयमा स्पष्टरूपमा विचार व्यक्त गर्नेेमध्येमा पर्नुहुन्छ । तराई मधेसमा रहेको मिटरब्याजसम्बन्धी समस्यालाई सदाका निम्ति अन्त्य गर्न उहाँले बारम्बार संसद्मा आवाज उठाउँदै आउनुभएको छ । संसदीय अभ्यासमा सक्रिय भूमिका निर्वाह गर्ने सांसद जैसवाल आफू तथा आफ्नो पार्टीले जनताको चासोका विषय तथा सामसामयिक विषयमा सदनमा खरो ढङ्गले प्रस्तुत हुँदै आएको बताउनुहुन्छ । “निर्वाचनका क्रममा जनतासमक्ष गरेको प्रतिबद्धता, आफ्नो पार्टीले अगाडि सारेको मुद्दा तथा समसामयिक विषयलाई हामीले सदनमा उठाइरहेका छौँ । निर्वाचनको बेला जे मुद्दा उठाइएको थियो, त्यही विषय हामीले दोहो¥याइरहेका छौँ”, उहाँ भन्नुहुन्छ । गत वर्ष मङ्सिरमा निर्वाचन सम्पन्न भएर संसद् गठन भएको पनि झण्डै एक वर्ष पुग्न लागेको छ तर सांसद जैसवाल संसद्मा सांसदको भूमिकालाई लिएर सन्तोष मान्ने अवस्थामा हुनुहुन्न । उहाँ भन्नुहुन्छ, “झण्डै एक वर्षको संसद्को अभ्यास हेर्दा त्यति सन्तोषजनक लागिरेहेको छैन ”।

सदनमा निर्धक्कसँग जनताले उठाएका विषय राख्न नपाएको सांसद जैसवालको गुनासो छ । सदनमा भइरहेको अवरोध तथा समय अभावका कारण आफूले जनताको मुद्दा सदनमा उठाउन नसकेको उहाँ बताउनुहुन्छ । “आकस्मिकरूपमा घटेका घटनाबाट जनतामा परेको असरका बारेमा कुरा उठाउन खोज्दा सदन अवरोध भइरहेको हुन्छ । जनताको अपेक्षा बढी छ । उनीहरूले आफ्नो जनप्रतिनिधिले सदनमा ती कुरा उठाइदिए हुन्थ्यो भन्ने आशा गर्छन् । जनताको कुरा सदनमा राख्छुभन्दा कहिले अवरोध हुने त कहिले पालो नपाउने भइरहेको छ”, सांसद जैसवाल भन्नुहुन्छ। संसद्को शून्य समयमा कहिलेकाहीँ पालो आए पनि एक मिनेटमा सबै विषय राख्न नसकिने उहाँको भनाइ छ । “सांसदले भोग्नुपरेको समस्या जनतामा राख्दा उहाँहरुले पनि नबुझ्ने अवस्था छ । यद्यपि जनताको मुद्दा उठाइरहेका छौँ । पछिल्लो ११ महिनाको संसदीय अभ्यासलाई हेर्दा सोचेजस्तो भइरहेको छैन”, सांसद जैसवाल भन्नुहुन्छ ।

संसद्को मुख्य भूमिका कानुन निर्माण नै भएकाले देश र जनताको हितमा हुने कानुन निर्माण गर्नुपर्छ । कानुन निर्माण गर्दा पार्टी, विचार र व्यक्ति नभई देश र जनतालाई हेर्नुपर्नेमा सांसद जैसवालको जोड छ । “देश जनताका पक्षमा दीर्घकालसम्म टिकाउ हुने कानुन निर्माण गर्नुपर्छ । कुनै पनि नीति, नियम, कानुनले लामो समयसम्म प्रभावकारी काम गरोस् भन्नका लागि देश र जनताको हित हेरिनुपर्छ । पटकपटक कानुन परिवर्तन गरिरहँदा समय बर्बाद हुन जान्छ”, उहाँ भन्नुहुन्छ । विसं २०४६ फागुन २२ गते पर्साको वीरगञ्जमा जन्मनुभएकी सांसद जैसवाल उच्च शिक्षा अध्ययनकै क्रमदेखि राजनीतिमा आबद्ध हुँदै आउनुभएको छ । सांसद जैसवालले व्यवस्थापन विषययमा स्नातकोत्तर गर्नुभएको छ । मधेसी समूहअन्तर्गत् समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनुभएकी उहाँ २०७८ सालदेखि राप्रपामा आबद्ध हुनुहुन्छ ।

प्रतिपक्षी भनेको संसदीय प्रक्रियामा अवरोध सिर्जना गर्ने पक्ष हो भन्ने भाष्य चिर्न आवश्यक रहेको सांसद जैसवालको भनाइ छ । “कहिलेकाहीँ प्रमुख प्रतिपक्षीबाट कुनै पनि हालतमा संसद् चल्न नदिएर प्रक्रियामा ढिलाइ होस् भन्ने सोच राखिएको पनि देखिन्छ, आमजनतामा पनि एउटा भाष्य के बनेको छ भने प्रतिपक्ष भनेको संसदीय अभ्यासमा ढिलाइ गर्ने, संसद् अवरुद्ध गर्ने भन्ने छ तर मलाई त्यस्तो लाग्दैन । प्रतिपक्षले जनताको प्रत्यक्ष सरोकार भएको विषयमा सरकारको धारणा माग गर्नुपर्छ”, उहाँ भन्नुहुन्छ ।

Previous Post

जाडो बढेसँगै कोलेस्ट्रोल पनि बढ्ने खतरा हुन्छ

Next Post

लघुकथा:  दुखि

सम्बन्धित खबर

डिजेल-मट्टीतेलको मुल्य घट्यो
आर्थिक

‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

२२ चैत्र २०८२,
आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय
आवाज

आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

२२ चैत्र २०८२,
दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण
आवाज

दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

२२ चैत्र २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
आर्थिक

आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै

२२ चैत्र २०८२,
मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति
आवाज

मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

२२ चैत्र २०८२,
पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट
आर्थिक

पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

२२ चैत्र २०८२,
Load More
Next Post
लघुकथाः तीज

लघुकथा:  दुखि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In