• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

    रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

    केरा खेतीको बिमा नहुँदा किसान मारमा

    केरा खेतीको बिमा नहुँदा किसान मारमा

    प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत शेरचन पक्राउ

    बैंकिङ कसुरमा उच्च अधिकारी पक्राउ

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

    रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

    केरा खेतीको बिमा नहुँदा किसान मारमा

    केरा खेतीको बिमा नहुँदा किसान मारमा

    प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत शेरचन पक्राउ

    बैंकिङ कसुरमा उच्च अधिकारी पक्राउ

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सीमावर्ती क्षेत्रमा बढ्यो तस्करी

by
२५ कार्तिक २०७९,
0
सीमावर्ती क्षेत्रमा बढ्यो तस्करी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । देशमा निर्वाचनको माहोल बढेको छ । सुरक्षाकर्मीहरू पनि निर्वाचनमै केन्द्रित बनेका छन् । ४ मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै रुपन्देहीमा सयौं सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरी निर्वाचनको सुरक्षामा खटिएको मौका पारेर सीमावर्ती क्षेत्रमा तस्करी मौलाएको छ ।

अहिले गहुँ छर्ने समय हो । किसानलाई मलको सकस छ । एक दुई बोरा मल ल्याउन नसके बाली लगाउन समस्या हुने भन्दै किसानहरू भारतीय बजारबाट लुकिछिपी मल ल्याउने ध्याउन्नमा लागेका छन् । जसको फाइदा तस्करहरूले उठाइरहेका छन् । तस्करहरूले खुलेआम मोटरसाइकलले थेग्न नसक्ने गरी सुरक्षाकर्मीकै युनिट अगाडिबाट तस्करी गरिरहेका छन् ।

रुपन्देही गृहमन्त्री बालकृष्ण खाँणको गृहजिल्ला हो । उनी अहिले निर्वाचन प्रचारप्रसारमा लागेका छन् । मर्चवारका कदमहवा नाकाबाट ट्याकटरमै तस्करी हुने गरेको छ । चिनीको मुख्य तस्करी नाकाको रूपमा परिचय बनाएको मर्चवारकै दुर्गौलियामा सीमा टाँसिएर रहेका घरहरूमा चिनीको गोदाम नै छ । पारिबाट ल्याएर गोदाममा राख्ने र आवश्यकतअनुसार भैरहवा, बेथरी, अमवा, मणिग्राम बुटवलसम्म मोटरसाइकलमा लोड गरी दैनिक रूपमा लैजाने गरिएको छ ।

त्रिलोकपुर नाकाबाट मोटरसाइकलमै अवैध माछा दैनिक रूपमा नेपाल आउने गरेका छन्। चिनी, माछा, कपडा मात्रै होइन पछिल्लो समय दैनिक उपभोग्य वस्तु, हार्डवेयर, मेसिनरी तथा इलेक्ट्रिकलगायतका सामान दुर्गौलिया, कदमहवा, बगौली, हरिनगढ, बंशी डिहवा, करौता, ठोठरी, तरैनी, खैराघाट, कञ्चनपुर, दुईमोहना, हर्दीडाली, बनगाई, सेमरपानी, भुजौली, पिपरहिया, केवटिलया, शंकरपुर, मेउडिहवा, नौडिहवा, बगहा, मैनिहवा, फरेनियालगायतका नाकाबाट तस्करी हुने गरेको छ । पिकअप, ट्याक्टर, मोटरसाइकल र साइकल ठाउँअनुसार तस्करहरूले प्रयोग गर्ने गरेका छन् ।

केही महिनाअघि मात्रै यही नाकाबाट भारतीय एसएसबी र कस्टमको संयुक्त टिमले तीनवटा कपडासहितको पिकअप नियन्त्रणमा लिएको थियो । मंगलबार भैरहवा भन्सार कार्यालयमा दुई करोड बढीको सामान नियन्त्रणमा लिइएको थियो । भन्सार हुने सामान पनि तस्करीको बाटो लागेकाले लक्ष्य प्राप्त गर्न गाह्रो भएको कार्यालयका प्रमुख मणिराम पौडेलले बताए । बरामद वस्तुमा सुर्ती, कपडा, जुत्ता र गुटखा उद्योगका कच्चा पदार्थ र प्याकिङका सामान छन् ।

रुपन्देहीको पश्चिमी क्षेत्रमा पनि तस्करी मौलाएको छ । सीमा क्षेत्र नजिक रहेका गल्लाभण्डारहरूले पनि धान, गहुँ र चामल अवैध रुपमा भित्र्याई वैध बनाउने गरेका छन् । पारिबाट ल्याएर नयाँ बोरामा राखेपछि स्थानीय उत्पादन हुन्छ भन्दै खुला रूपमै ट्याक्टर पिकअपबाट विभिन्न सहरमा पठाउने गरिएको छ ।

बेथरी, पिपरहिया, मैनहिया, बगहा, दुर्गौलिया, मर्यादपुर, मेउडिहवालगायतका चौकीको अगाडिबाटै तस्करीका सामान निर्धक्क साथ आउने गरेको छ । खुला सिमाबाट जे जस्तो अवस्थामा ल्याए पनि ती सामान प्रहरी पोस्टकै अगाडिबाट जाँदासमेत प्रहरीले वास्ता नगर्नु मिलेमतोमा तस्करी भइरहेको आशंका गरिएको छ ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीले सीमा क्षेत्रमै तस्करी नियन्त्रण गर्ने रणनीति बनाएको छ । रुपन्देहीमा प्रहरी निरीक्षक र प्रहरी नायब उपरीक्षकको कमान्डामा १३ वटा इलाका प्रहरी कार्यालय, सई असईको कमान्डमा ४६ वटा प्रहरी चौकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षकको कमान्डमा जिल्लामा कुल ७८ वटा प्रहरी युनिट छन् । ठाउँठाउँमा अस्थायी चेकपोस्ट र मोबाइल टोली, तस्करी नियन्त्रण गर्न, अनुसन्धान र सूचनाहरू लिन जिल्लाले सादा पोसाकका प्रहरी पनि खटिने गरेका छन ।

सिमा सुरक्षा र तस्करी नियन्त्रणका लागि जिल्लाको सुरक्षाका लागि सशस्त्र प्रहरी उपरीक्षकको कमान्डमा सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर हेडक्वाटर छ । सीमाको सुरक्षा तथा अन्य गरी अहिले जिल्लामा १५ वटा सशस्त्र प्रहरी बलको युनिट छन् ।

एउटा गण, ६ वटा बोर्डर आउट पोष्ट र गुल्म, सुरक्षा बेस, जिल्ला कमान्ड पोस्ट सुख्खा बन्दरगाह र आईसीपी क्याम्प नौडिहवालगायतमा सशस्त्र प्रहरीकै युनिट रहेको छ । भारतसँग ५९ दशमलव ७ किमी जोडिएको सिमानासहित समग्र जिल्लाको सुरक्षा यिनै सुरक्षा निकायले गर्दै आएका छन् । तर पनि तस्करी रोकिएको छैन ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले अहिले निर्वाचनलाई लक्षित गर्दै तीन हजार ९५ म्यादी प्रहरी, १७ सय ३५ नेपाल प्रहरी, आठ सय ८८ सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानको २८ र नेपाली सेनाको आवश्यकताअनुसार परिचालन गरेको बताए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार यस आर्थिक वर्षमा एक करोड ७५ हजार ५ सय २१ रुपैयाँ बराबरको किराना, विद्युतीय, सवारीसाधन, लत्ताकपडा, तथा पशु चौपायलगायतका चोरी तस्करीका सामान भैरहवा भन्सार कार्यालय पठाएको छ । पाँच लाख ४९ हजार ४११ रुपैयाँ बराबरको सुन बरामद गरी भन्सार पठाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर हेडक्वाटरका अनुसार यस आर्थिक वर्षमा दुई करोड दुई लाख ४४ हजार ८३४ रुपैयाँ बराबरको चिनी, कपडा, कुखुरा, माछा, मोटरपार्टस तथा हार्डवेयर, किरानालगायतका चोरी तस्करीका सामान भैरहवा भन्सार कार्यालय पठाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रवीन्द्र रेग्मीले निर्वाचनलाई मध्यनजर गरेर थप जनशक्ति परिचालन गरेको बताए । सशस्त्र प्रहरी बलका एसपी गगन श्रेष्ठले अरु जिल्लाको तुलनामा रुपन्देही कन्ट्रोल अवस्थामै रहेको दाबी गरे ।

Previous Post

आर्थिक क्रान्तिको सुरुआत गोरखाबाट गर्छुः अध्यक्ष दाहाल

Next Post

निर्वाचनबाट भ्रष्टहरुलाई पाखा लगाउन आवश्यक – नेता लिङ्देन

सम्बन्धित खबर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

४ चैत्र २०८२,
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी
आर्थिक

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

४ चैत्र २०८२,
केरा खेतीको बिमा नहुँदा किसान मारमा
आर्थिक

केरा खेतीको बिमा नहुँदा किसान मारमा

४ चैत्र २०८२,
प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत शेरचन पक्राउ
आर्थिक

बैंकिङ कसुरमा उच्च अधिकारी पक्राउ

४ चैत्र २०८२,
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग
फिचर-ब्यानर

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

३ चैत्र २०८२,
उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश
फिचर-ब्यानर

उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

३ चैत्र २०८२,
Load More
Next Post
निर्वाचनबाट भ्रष्टहरुलाई पाखा लगाउन आवश्यक – नेता लिङ्देन

निर्वाचनबाट भ्रष्टहरुलाई पाखा लगाउन आवश्यक – नेता लिङ्देन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In