• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा

    जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

    कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड

    कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

    नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

    नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

    खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

    खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा

    जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

    कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड

    कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

    नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

    नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

    खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

    खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सदाबहार प्रकाशमानको काठमाडौं १ मा पल्ला भारी

by
२५ कार्तिक २०७९,
0
गठबन्धनको विकल्प छैनः प्रकाशमान सिंह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौं क्षेत्र नम्बर १ का गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रकाशमान सिंह निरन्तर जितको पर्खाइमा छन् । उनले यसअघि तीन पटक काठमाडौं १ बाट जितिसकेका छन् । २०६४ सालको कठिन परिस्थितिमासमेत उनले शानदार जित हासिल गरेर जितको पहिलो खुड्किलो पार गरेका थिए । त्यसपछि उनले २०७० र २०७४ को निर्वाचन सजिलै जिते ।

मतदाताबाट सर्वाधिक रुचाइएका नेतामध्येका एक प्रकाशमानले बिहीबार कार्तिक २४ गतेमात्रै मतदाताले चाहेसम्म आफू चुनाव लडिरहने बताएका छन् । सिंहले भने, ‘यहाँका मतदाताले मलाई मन पराएसम्म चुनाव लड्छु, जनताले चाहँदाचाहँदै मैदान छोड्न त भएन नि ।’ उनले यसो भनिरहनुको मतलब हो उनले उनले मतदाताप्रति देखाएको दायित्व र मतदाताले उनीप्रति गरेको विश्वास ।

उनले काठमाडौं १ मा विकास पनि गरेका छन् । व्यक्तिले कब्जा गरेका सरकारी जग्गा फर्काएर १५ स्थानमा पार्क, सामुदायिक भवन र व्यायामशाला बनाइसकेको भन्दै उनले ज्येष्ठ नागरिकको सुविधाका लागि एउटा सुविधासम्पन्न भवन बनिरहेको जानकारी दिए ।

खानेपानीको समस्या समाधानका लागि पनि आफूले पहल गरिरहेको उनले बताएका छन् । प्रकाशमानले भने, ‘घरदैलो गर्दा धेरै जनताले पानीको समस्या भयो भन्नु भएको छ, मैले त्यसैलाई आगामी कार्यभार ठानेर काम गर्नेछु ।’

युवालाई र अनुभवीको टिमसहित चुनावमा होमिएको बताउँदै उनले फेरि पनि चुनाव जित्ने दाबी प्रस्तुत गरेका छन् । उनले भने, ‘मतदान भनेको भविष्यको भलाइका लागि हो । पार्टी र उम्मेद्वारको त्याग र इतिहासलाई हेरेर मताधिकार प्रयोग गर्नुहोला ।’

मंसिर ४ नजिकिदै गर्दा उनी चौथो पटक मतदाताको विश्वास पाएर उम्मेदवारी क्षेत्रमा जोडिएको संसद भवनमा पुगेर आफ्नो भूमिका देखाउन चाहन्छन् । उनको त्यो इच्छा पनि निकै सहज देखिएको छ । त्यसको प्रमुख कारण हो प्रतिस्पर्धीमा देखिएको उतारचढाव ।

उनीसँग फेरि पनि प्रतिस्पर्धा गर्न रविन्द्र मिश्र आएका छन् । तर रविन्द्र यसपालि विवेकशील साझा पार्टीको अध्यक्षको हैसियतमा हैन पार्टी र एजेन्डासमेत फेरेर राप्रपाको वरिष्ठ उपाध्यक्षको हैसियतमा भोट मागिरहेका छन् ।

२०७४ मा ‘व्यवस्था हैन अवस्था बदलौं’ भनेर चुनावमा होमिएका मिश्र अहिले आफ्नै अवस्था बदलेर राजतन्त्र र हिन्दू–बौद्ध राष्ट्र बनाउने एजेन्डा बोकेर आएका छन् । अब उनको राजावादी सोचलाई मतदाताले कसरी स्वीकार गर्लान् त्यो भने प्रतिक्षाकै विषय छ ।

जसरी २०७४ मा मत पाउँदा रविन्द्रले एक संचारकर्मीको हैसियतमा देखिएर बौद्धिक मत पाएका थिए अहिले भने ती मत बाँडिने देखिएको छ । अहिले पुकार बम पनि रहेका छन् चुनावी मैदानमा ।

त्यस्तै २०७४ मा वाम गठबन्धन भएकामा गठबन्धनका तर्फबाट अनिल शर्मा तेस्रो स्थानमा रहेका थिए । सिंहले १० हजार ९३६ मत पाउँदा रविन्द्र मिश्रले १० हजार ११८ मत पाएका थिए । अनिल शर्मा ९एमाले–माओवादी केन्द्रको गठबन्धन० ले ५ हजार ३३५ मत ल्याएका थिए ।

यसपालि वाम गठबन्धन छैन । एमालेले छुट्टै उम्मेदवार उठाएको छ । युवा नेता एवं युवा संघका अध्यक्ष किरण पौडेल मैदानमा छन् । उनलाई पार्टी संगठनको मत आउने भए पनि धेरै मतदाता उनलाई चिन्दैनन् । यद्यपि युवा भएका नाताले उनले युवालाई कत्तिको आकर्षित गर्न सकेका छन् त्यो अहिले भन्न सक्ने अवस्था छैन ।

प्रकाशमान यसपालि चुनाव जित्न झन् सहज हुने बताइरहेका छन् । यसको कारण हो एउटा त कमजोर प्रतिस्पर्धी । पाँच वर्षको अवधिमा आफ्नो विचार नै फेर्ने रविन्द्र मिश्र र अर्कातर्फ कांग्रेस नेतृत्वको पाँच दलीय सत्ताधारी गठबन्धन । जसमा माओवादी केन्द्र, एमालेबाट टुक्रिएको नेकपा एस, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी रहेका छन् ।

कांग्रेस बलियो
काठमाडौं १ संसदीय क्षेत्र काठमाडौं महानगरपालिकाको वडा नम्बर १०, ११, २९ र ३१ मिलेर बनेको छ । २०७४ को संसदीय निर्वाचनमा काठमाडौं १ मा निकै प्रतिक्षित, अपेक्षित र आशातित पूर्व पत्रकार रविन्द्र मिश्रलाई मत हाल्नेहरुले त्यतिबेला पक्कै पनि परिवर्तनलाई अँगाल्न खोजेकै हुनुपर्छ ।

तर पनि कांग्रेसले आफ्नो वर्चश्व सफल पार्दै जित हासिल गर्यो । लगातार तेस्रो पटक प्रकाशमान रुचाइए । त्यतिबेलाका कांग्रेसपछिका अर्का दुई प्रमुख दलहरु एमाले र माओवादी केन्द्रले एकीकृत अवस्थामा पनि झण्डै आधा मत मात्रै प्राप्त गरे ।

अहिले रविन्द्र मिश्रप्रतिको जनअपेक्षा घटेको छ । विवेकशील साझा पार्टीमा हुँदा पनि उनले अन्तिम समयसम्म उथलपुथल नै गरे । उनी राप्रपामा जाँदा साथ राजसंस्थाको एजेन्डा बोके । अनि उनले पार्टी परिवर्तन गर्नासाथ आफू शुरुआतदेखि नै राजावादी भएको सुनाए । विवेकशीललाई उनले प्लाटफर्म बनाएको भनेर सबैलाई आश्चर्यमा पारे ।

यो हिसाबले उनको मत अहिले झन् घट्ने देखिन्छ । किनकि अबको मत भनेको विवेकशील साझाको हैन राप्रपाको मत हो । यसरी सोझो हिसाब लगाउँदा आगामी संसदीय निर्वाचनमा यहाँबाट कांग्रेस नै सफल रहने लगभग पक्का जस्तै छ ।

अर्कातिर एमाले र माओवादी केन्द्र फुटेका छन् । माओवादी अहिले कांग्रेसको गठबन्धनमा छ भने एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादी पनि कांग्रेसको गगठबन्धनसँग जोडिएको छ ।

स्थानीय चुनावको नतिजा
काठमाडौं महानगरपालिकाको वडा नम्बर १०, ११, २९ र ३१ मिलेर बनेको संसदीय क्षेत्र नम्बर १ को २०७४ स्थानीय तहको निर्वाचनको नतिजा भने झन् प्रतिस्पर्धात्मक थियो ।

चार वटै वडामा नेपाली कांग्रेसले सबैभन्दा बढी ८ हजार ८ सय ४८ मत प्राप्त गरेको थियो । एमालेले ८ हजार ७ सय १४ र माओवादी केन्द्रले २ हजार २ सय ७४ मत प्राप्त गरेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ५ सय ४० मत प्राप्त गरेको थियो ।

समग्रमा २०७४ को स्थानीय तहको निर्वाचनमा वाम एकता ९एमाले र माओवादी केन्द्र० मिलेर बनेको तत्कालीन नेकपा हुँदा पनि त्यहाँ कांग्रेसले नै अग्रता कायम राखेको थियो ।

स्थानीय तहमा ल्याएको मतलाई आधार मान्दा एमाले–माओवादीको एकताले भने प्रतिनिधि सभामा मत ल्याएन । दश हजारको आधा मात्र ल्यायो । त्यसमा दुई हजार माओवादीको थियो भने एमालेबाट साढे आठ हजारमध्ये तीन हजार मात्र मात्र माओवादीका उम्मेदवारले पाए । आफ्नो पार्टीको उम्मेदवार नहुँदाको फरक यहाँ एमालेका कार्यकर्ताले देखाइदिए ।

२०७९ को स्थानीय तहको चुनावमा यी चार वटै वडामा नेपाली कांग्रेसले ९ हजार ८ सय ९५ मत प्राप्त गरेको छ भने निकट प्रतिद्धन्द्धी दल एमालेले ९ हजार ५ सय ४१ मत प्राप्त गरेको छ ।

माओवादी केन्द्रले १ हजार १ सय ५९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ३ सय ७६ मत प्राप्त गरेको छ ।

एमालेले आर्कषक मत ल्याएको अवस्थामा नेपाली कांग्रेस २०७९ को स्थानीय चुनावमा पनि लिडमा रहन सफल भयो । यस क्षेत्रका चार वटा वडामध्ये एउटामा मात्रै एमालेले जित हात पारेको छ भने बाँकी तीन वटामा कांग्रेस विजयी भएको छ ।

गेम चेन्जिङ फ्याक्टर
स्थानीय तह र २०७४ को मत आँकलन गर्दा कांग्रेसका प्रकाशमान विजयी हुने निश्चित नै छ । त्यस्तै प्रदेशतर्फ पनि क मा दिपेन्द्र श्रेष्ठ र ख मा सुरजचन्द्र लामिछानेको पनि पकड बलियो देखिएको छ ।

तर स्वतन्त्र उम्मेदवार र नयाँ पार्टी चुनौती बन्न सक्छन् । जस्तो कि कुनै बेला स्वतन्त्र उम्मेदवारहरुलाई भोट काट्छ भन्ने तेस्रो दृष्टिकोणले हेर्ने राजनीतिक दलहरुले अहिले स्वतन्त्र उम्मेदवार देखेर होसियार हुन थालेका छन् ।

स्वतन्त्र व्यक्तिलाई मतदाताहरुले रुचाएको पनि पाइएको छ । तर ठ्याक्कै कायापलट नै हुने स्थिति भने काठमाडौं १ मा छैन ।

त्यस्तै जसरी २०७४ को संसदीय निर्वाचनमा तत्कालीन विवेकशील साझा पार्टी केही ठाउँमा खरो प्रतिस्पर्धामा उत्रिएको थियो त्यसरी नै नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी पनि केही ठाउँमा प्रमुख राजनीतिक दलहरूका लागि चुनौती बन्ने निश्चित प्रायः देखिन्छ । तर यो सबाल काठमाडौं १ मा लागु हुनेमा पनि आशंका छ ।

जेहोस् गणनाहरुले काठमाडौं क्षेत्र नम्बर १ मा कांग्रेसको पकड बलियो देखाउँछ, कसरी पनि भने २०७४ को चुनावमा दुई प्रमुख दल एमाले र माओवादी केन्द्रबीच एकता हुँदा हुँदै र त्यतिबेला जनतामाझ चर्चित ९पहिलो पटक चुनाव लडेकाले राजनीतिका निष्कलंक० रविन्द्र मिश्रलाई उछिन्दै कांग्रेसका नेता प्रकाशमान सिंह विजयी बनेका थिए ।

यस्तै स्थानीय तहको निर्वाचन २०७४ र २०७९ मा पनि कांग्रेस नै बलियो देखिएको छ ।

हुनत स्थानीय तहको निर्वाचन भन्दा प्रतिनिधि सभाको निर्वाचन फरक हो । मतदाता पनि फरक नजरले हेर्छन् । अर्कातर्फ थपिएका नयाँ मतदाताको चाहना अलग्गै हुन्छ ।

उनीहरुका माग सम्बोधन गर्न सक्ने र उनीहरुलाई भरोसा लाग्ने व्यक्तिले लोकप्रिय मत पाउने हुन सक्छ । प्रकाशमानले आफैले मतदाताको भावना बुझेर नै भनेका हुन् मतदाताले मन पराएसम्म चुनाव लडिरहन्छु । उनी लगातार तीन पटक जितिसकेकाले मन पराइएका नेता नै हुन् । उनी कांग्रेसका सदाबहार नेता हुन् ।

Previous Post

पिपुल्स हाइड्रोपावरको आईपीओ आजबाट खुला

Next Post

गठबन्धनलाई अत्याधिक मतले विजयी गराउन मन्त्री कार्कीको आग्रह

सम्बन्धित खबर

सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा
आर्थिक

जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

६ चैत्र २०८२,
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड
फिचर-ब्यानर

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

६ चैत्र २०८२,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

६ चैत्र २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
जीवन शैली

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

६ चैत्र २०८२,
नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु
आवाज

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

६ चैत्र २०८२,
खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु
समाचार

खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

६ चैत्र २०८२,
Load More
Next Post
निर्वाचन निष्पक्ष र भयरहित हुन्छ– मन्त्री कार्की

गठबन्धनलाई अत्याधिक मतले विजयी गराउन मन्त्री कार्कीको आग्रह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In