जाडो बढेसँगै बिहान चिसो छ भनेर बस्ने बानी हुन्छ । जाडोयाममा शारीरिक अभ्यास गर्न अल्छी मानेर बस्दा शरीरमा कोलेस्ट्रोल बढ्ने खतरा हुन्छ । अर्काे कुरा भनेको जाडो याममा घाम कम लाग्ने हुनाले शरीरले भिटामिन डी पनि कम मात्रामा सोस्न पाउँछ । त्यसले गर्दा शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्न जान्छ र कलेजो सम्बन्धी विभिन्न रोगहरु लाग्ने खतरा हुन्छ ।
मौसम अनुसार खानपिन अलग अलग हुने कारण पनि शरीरमा कोलेस्ट्रोलको मात्रा घटबढ भइरहन्छ । मधुमेहको समस्या भएका व्यक्तिमा ८० प्रतिशतसम्म कलेजो सम्बन्धी रोग लाग्ने सम्भावना रहन्छ ।
कोलेस्ट्रोलको खतराबाट बच्ने उपाय
– नियमित शारीरिक अभ्यास गर्दा कलेजो सम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ ।
– जाडोमा लसुन खाँदा यसले शरीरमा रहेको विषाक्त तत्वलाई हटाउँछ ।
– दैनिक शारीरिक अभ्यास वा योगा गर्ने, बोसो रहित खाना खाने, धुम्रपान नगर्ने, शरीरको तौल बढ्न नदिई कोलेस्ट्रोलको खतराको रोकथाम गर्न पनि सकिन्छ ।













