भक्तको मन अन्यत्र आकर्षित भयो भने किन त्यसो गरेको भन्नु आसक्ति हो । यो त भक्तको ठूलो कृपा हो । उसले आपूmलाई स्वतन्त्रता दियो । जब लोभ मोह छैन, त्यस स्थितिमा भक्तमा श्रद्धा, अपनत्व, हार्दिक प्रेम, सजगता साहसादि छैनन् भने ज्ञानीको त्यहाँ के सम्बन्ध छ ?
जे भए पनि राम्रो भयो, यो विचार राख्नु समाधान हो । उसो हुनुपर्ने, यसो किन भयो भन्नु संसारीपना हो । नारीमा रुचिको मात्रा विशेष र पुरुषमा घमण्ड रहन्छ तसर्थ यिनीहरूका सान्निध्यको अर्थ हो, सर्वदा अनुकूलताको ध्यान राख्नु । यस्तो जीवन भक्ति समर्पण र ज्ञानमा सहयोगी नभई समय पाएर आफ्नो दुई स्वार्थको भएर टुङ्गिने अवस्थामा पुग्छ, अथवा संसारीहरूको घोडा सुख धेरै, दुःख थोरै मुस्कान, धेरै रुदनकै पारामा अध्यात्मको कुटीमा बन्द छ । जो हो जस्तो छ, त्यस्तै पाउँछ पाएको, भएकोमा सन्तोष न हुनु आनन्द न हुनु मनको स्वभाव हो । मनको शान्ति सबै खोजको विश्राम हो । यो समाधानको अवस्था हो । योभन्दा यताउता केही पनि छैन ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













