उमेर ढल्कदै गएसँगै खानपान र स्वास्थ्यमा पनि ध्यान दिनैपर्छ । जति जति उमेर ढल्कदै जान्छ, उत्ति नै हाम्रो शरीरको कार्य क्षमता कमजोर हुँदै जान्छ । प्रायः गरेर ३० बर्ष पार गरेपश्चात मानिसले शारीरिक क्षमता गुमाउँदै जान्छ । यस्तो क्रम व्यक्तिविशेषमा केही उमेरको तलमाथि हुनभने हुन सक्छ । यो त्यही उमेर हो जहाँदेखि हाम्रो रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन थाल्छ ।
तीस वर्षको उमेर पश्चात्त देखिने विभिन्न स्वास्थ्य सम्बन्धि समस्यालाई लिएर तनाव लिनुभन्दा पनि खानेकुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ । यदि खानेकुरामा ध्यान दिइयो भने बुढ्यौलीलाई केही पर धकेल्न सकिन्छ —
– चिनीको सेवनले शरीरमा इन्सुलिन रेजिस्टेन्टको समस्या भई बाँझोपनाको समस्या निम्तिन्छ । चिनीकै सेवनले अनुहारको चाउरीपना निम्तिनुका साथै छाला खुम्चन थाल्छ । त्यसैले, चिनेको सेवन कम गर्दै जानुपर्छ ।
– कृतिम गुलियोे प्रायः ल्याबमा तयार पारिन्छ । उमेर ढल्कन थालेसँग कृतिम गुलियो मिसाइएको खानेकुरा खानु भनेको विष खानुसमान हो ।
– शरीरले तीस वर्षको उमेर पछि क्यालोरी बर्न गर्न सक्दैछ, त्यस्ता क्यालोरी पेटमा जम्मा हुन थाल्छ । यसले शरीरमा इन्सुलिनको स्तर समेत बढाएर विभिन्न रोगको समस्या निम्त्याउँछ ।
– क्याफिनको अत्याधिक सेवनले बुढ्यौलीपना निम्तिन्छ । त्यतिमात्र हैन, मदिराले झै यसको अत्याधिक सेवनले शरीरमा कार्वोहाइड्रेटको समस्या निम्तिन्छ ।
– मैदाबाट बनेको परिकार मनपर्छ भन्दैमा खान हुँदैन । अझ तीस वर्ष उमेर पार गरेका मानिसहरुले त मैदा सकभर खानै हुँदैन ।
– तीस वर्ष उमेर पार गरेका व्यक्तिले ट्रान्सफ्याट छोडेर, बटर खानतिर लाग्नुपर्छ । यसको सेवनल मस्तिष्क तथा जोर्नीलाई पनि फाइदा पुग्ने छ र धन्यवाद भन्ने छन् ।
– प्रोसेस्ड फुडलाई खाँदै नखानुहोला । यसमा प्रयोग गरिने नाइट्रेट खानलाई स्वादिलो त बनाउँछ तर यो शरीरमा पुगेपछि क्यान्सर पैदा गर्ने रसायनको रुपमा विकसित हुन्छ ।
– नुन सिमित मात्रामा खानुपर्छ । तीस वर्ष उमेर पुगेकाहरुका लागि त नुनको सेवन गर्दा विशेष रुपमै ध्यान दिनुपर्छ । नुनले खानाको स्वाद जति बढाउँछ, यसले शरीरलाई त्यति नै धेरै हानी गर्छ ।
– तीस वर्ष उमेर पार गरेका मानिसहरुले यस्तो खानेकुरा खानुपर्छ, जुन सन्तुलित हुनुका साथै स्वस्थवर्दक पनि हुनुपर्छ । यसका लागि बजारमा पाइने तयारी खाना पूर्ण रुपमा बन्देज नै हुनुपर्छ ।













