न्यायाधीशले साक्षीसँग सोधे— दुर्घटनास्थलबाट तपाईं कति टाढा हुनुहुन्थ्यो ?
साक्षीः म पाँच गज दुई फिट सात इन्च पर थिएँ ।
न्यायाधीश अचम्म पर्दैः यो इन्च इन्चको हिसाब तपाईंले कसरी गर्नुभयो ।
साक्षीः कुनै मूर्खले अवश्य पनि यो प्रश्न सोध्नेछ भन्ने लागेर नै म फित्ता लिएर गएको थिएँ ।
फिलिमको बारेमा सोधेको
एकजना शंकर नाम गरेको गाउँले शहरको एउटा फिल्म हलमा फिल्म हेर्न गएछ र हलवालासँग कुरा गर्दै—
शंकरः यहाँ कुन कुन फिलिम चलेको छ ?
हलवालाः गाउँले, पापी, चोर, अवारा, शंकर ।
शंकरः (गालामा एक थप्पड हाँदै) फटाहा ! मेरो बारेमा सोधेको हो कि फिलिमको बारेमा ?
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













