मन कहिल्यै रूपान्तरित हुँदैन । केही रङरोगन थपेर, पोतेर नयाँपनको आश्वस्तता ल्याउँछ । सम्पत्तिको नाम बदलेर स्वर्ग राख्छ । सुरासुन्दरीको नाम बदलेर भक्ति ईश्वर भन्न थाल्छ । मनको केन्द्रमा रहन्छन्, अहङ्कार, शरीर र इन्द्रिय सुखको वासना मनका क्रियात्मक इन्द्रिय सुख नै कल्पनात्मक मनोरथका इन्द्रिय सुख भएर बसेका तत्व मनले आफै बनाएको हो हल्ला हो । अहङ्कारले आफै यहाँ पाउन नसकेको वस्तु व्यक्तिलाई मनोरम स्वप्नमा जो कि मिथ्या हो, स्वर्ग वैकुण्ठमा पाउन खोजेको हो । धेरै र स्थायित्व जहाँ छ त्यहाँ अभिमान छ । जहाँ अभिमान छ त्यहाँ दुविधा छ, यही भव हो, यही दुःख हो ।
सबै निकटता संस्कार, संयोग र परिस्थितिबाट भएका हुन् । चाहना, देह तादात्म्यता ९ज्बचmयलभ० अनुकूलता यी तीनले तारतम्य र निरन्तरता दिएको हो । हारमोनको स्थिति, परिस्थिति र चाहना परिवर्तनका साथ सबै रूपान्तरित हुन्छ । श्रद्धा, निष्ठा र दृढता भन्ने कुरा केवल सामाजिक व्यवस्था सञ्चालन तथा मूर्ख मनका काल्पनिक लड्डु मात्रै हुन्, किनभने जीवन क्षणदेखि क्षणमा छ । सुरक्षा, निरन्तरता, सङ्ग्रह, स्थायित्व मनका अहं मात्रै हुन्, जसले यो सत्य सम्झिन्छ । उसका भित्र विक्षेप रहँदैन । विक्षेपको कारण सम्पत्तिको लोभ तथा अन्यको मनलाई आफ्ना पक्षमा वा अधीन गर्ने इच्छामा लुकेमा हुन्छ ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













