कागतीमा अनेकौं चिकित्सकीय गुण हुन्छन् । यसका अलावा कागतीको एक टुक्रा आफ्नो ओछ्यानमा राख्दा मात्र पनि शरीर र मनलाई अद्भुत फाइदा पुग्छ । कागतीको एक टुक्रामा नून छरेर सिरानीमा राख्दा जादूयी फाइदाहरु देखिनेछन् ।
– कागतीको सुगन्धले तरोताजा बनाउँछ र यसमा भएको एन्टी ब्याक्टेरियलले रुघाखोकी हटाउँछ । भरपूर मात्रामा निद्रा पनि दिलाउँछ ।
– कागतीको प्रयोगले इन्द्रियहरूलाई आराम दिन्छ । यसले तनावलाई भगाइदिन्छ ।
– कीरा प्रतिकारक गुण हुन्छ । गर्मीमा लामखुट्टेबाट बच्न ओछ्यान नजिक कागतीको टुक्रा राख्नुस् ।
– निद्रा लागेन भने अनिद्राको समस्या छ भने तकियाको छेउमा कागती राख्नाले राम्रो निद्रा लाग्छ ।
– उच्च रक्तचापको समस्या हुँदा कागतीको एक टुक्रा सुत्दाखेरी आफ्नो छेउमा राख्दा रक्तचाप कम हुन्छ ।
– कोठाको हावा शुद्ध बनाउन कागतीको टुक्रा कोठामा राख्दा हावाको गुणस्तर सुध्रिन्छ ।













