शेरे फुर्सतको समयमा गफ गर्न भनी एक जना चिनेकै आन्टीको कपडा पसलमा गएछ—
शेरेः के छ अन्टी हाल खबर ?
अन्टीः (आन्टी पनि कोही ग्राहक नआइरहेको अवस्थामा शेरेलाई देखेर खुसी हुँदै) के हुनु र भाइ ! आजकाल त मेरो काम भनेकै साडी खोल्यो देखायो, कुर्ता खोल्यो देखायो अनि बस्यो । बरु तिमीलाई चैँ के देखाम् नि …?
शेरेः आन्टीको कुराले शेरे ठाउँको ठाउँ बेहोस ।
मजाक पो गरेको !
केटोः मसँग घुम्न जान्छौ ?
केटीः कता लान्छौ र ?
केटोः तिमी जता भन्छौ त्यहीँ जाम ।
केटीः ओके त्यसो भए जाम सपिङ गर्न ।
केटोः ओहो दिदी ! तपाईं के भन्नुहुँदो रहेछ भनेर मैले त मजाक पो गरेको ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













