गंगटो टाइपको एउटा माकुरोले अनौठो तरिकाले शिकार गर्छ । यो माकुरो फूलमा बस्छ र फूलको रस खान आउने कीराहरुलाई आफ्नो शिकार बनाउँछ । यसको र फूलको रङ झण्डै झण्डै एउटै जस्तो देखिन्छ, जसले गर्दा फूलको रस खान आउने कीराले आफ्नो शत्रुलाई हत्तपत्त ठम्याउन सक्दैन । अझ यो माकुरोको पोथी जातिले त फूलको रङ अनुसार, आफ्नो रङलाई समेत बदल्न सक्छ ।
साभारः ‘रोचक तथ्य’ पुस्तकबाट













