१. निरपेक्ष भावनापूर्वक चरित्रको भार बहन गर्ने साधुको बाह्याभ्यंतरबाट समपूर्ण परिग्रहको त्याग गर्नुलाई पाँचौ परिग्रह त्याग नामक महाव्रत भनिन्छ ।
२. सजीव वा निर्जीव स्वल्प वस्तु पनि जो परिग्रह राख्दछ अथवा अरुलाई त्यसको अनुज्ञा दिन्छ, ऊ दुःखबाट मुक्त हुँदैन ।
३. जसले परिग्रहको विचार त्याग गर्दछ उसैले परिग्रहलाई त्याग्न सक्छ । जोसँग परिग्रह छैन त्यही मुनिले बाटो देखेको छ ।
४. भावशुद्धिको लागि नै बाह्य परित्याग गरिन्छ । जसभित्र परिग्रहको वासना छ, उसको बाह्य त्याग निस्फल छ ।
५. गुरु तथा वृद्धजन आफ्नो सामु आएमा उभिनु, हात जोड्नु, उच्च आसन दिनु गुरुजनको भावपूर्वक भक्ति तथा सेवा गर्नु विनय तप हो ।
६. दर्शन–विनय, ज्ञान–विनय, चरित्र–विनय, तप–विनय र औपचारिक विनय यी विनय तपका पाँच भेद हुन्, जसले पञ्चम गति अर्थात् मोक्षमा पु¥याउँछन् ।
७. विनय मोक्षको द्वार हो । विनयबाट संयम, तप तथा ज्ञान प्राप्त हुन्छ । विनयबाट आचार्य तथा सर्वसङ्घको आराधना हुन्छ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













