• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

    सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

    परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

    परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

    ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

    ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

    ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

    ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

    हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै

    हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै

    दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच

    दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भूकम्प पीडित तरकारी उत्पादनका लागि निर्माण गरिएका पोली हाउसमा रात बिताउन बाध्य

by
२४ कार्तिक २०७९,
0
डोटीको भुकम्प प्रभावित क्षेत्र (फोटोफिचर)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

डोटीको पूर्वीचौकी गाउँपालिका-३ गैरागाउँका भूकम्प पीडितले सरकारी तवरबाट कुनै राहत प्राप्त गर्न नसकेको गुनासो गरेका छन् । उनीहरु तरकारी उत्पादनका लागि निर्माण गरिएका पोली हाउसमा रात बिताउन बाध्य भएको बताएका छन् ।

भूकम्प पीडितलाई सरकारी क्षेत्रबाट प्रदान गरिने राहत नआइपुगेका कारण उनीहरु समस्यामा परेको बताएका हुन् । गत मंगलबार रातिको भूकम्पमा परी यहाँका कैयौँ नागरिकका घरमा क्षति पुगेको छ । कतिपयको घर भत्किएको छ भने कैयौँका घरमा क्षति पुगेकाले आफ्नै घरमा रात काट्न नसक्ने अवस्था रहेको छ ।

यहाँका स्थानीय भरत बोहराले भने , ‘सरकारी क्षेत्रबाट राहत आइपुगेको छैन, पटक पटक गइरहने परकम्पनले पीडितमा त्रास थपिँदै गएको छ, चिसो समयमा हामीहरू पोलि हाउसमा आगो बालेर रात बिताउन बाध्य छौँ ।’ नेपाल रेडक्रस सोसाइटी डोटी शाखाले २० वटा त्रिपाल तथा केही खाद्यान्न राहतस्वरूप वितरण गरे पनि पीडितलाई अपुग भएको छ ।

नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले भूकम्पले ज्यान गुमाएको यहाँको परिवारका सदस्यलाई एक लाख ५० हजार तथा नेकपा एमाले डोटीबाट एक लाख आर्थिक सहयोग प्राप्त भएको थियो ।

अस्थायीरुपमा भए पनि टहरा निर्माण गर्न तथा एक छाक खान र एकसरो लगाउने लुगाको व्यवस्था गरिदिन पीडितले सरकारसँग माग गरेका छन् ।

गाउँभरिमै भूकम्पको पीडाले सन्नाटा छाएका कारण खेतमा पाकेको धान तथा कोदो काट्न र टिप्न नपाउँदा खेतबारीमै बाँदर र मुसाले खान थालेको पीडितहरू बताउँछन् । खानका लागि एक मानो चामल र पीठोसमेत नभएका कारण बालबालिका भोकले रुने कराउने गर्न थालेको अर्की पीडित मनसरा बोहराले बताए।

उता विपद् व्यवस्थापन समितिका संयोजक तथा डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले गृह मन्त्रालयबाट भूकम्प पीडितका लागि त्रिपाल र कम्बल आइपुगेकाले आजै विपद् व्यवस्थापनको बैठक राखी सम्भवतः आजै वितरण गरिने बताए। उनले भने, ‘गृह मन्त्रालयबाट त्रिपाल र कम्बल आइपुगेको छ, अन्य राहतका लागि प्रक्रिया भइरहेकाले हामी आजै त्यहाँ गएर सम्भवतः कम्बल र त्रिपाल वितरण गर्छौं होला ।’

मंगलबार मध्यराति २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र भएर ६ दशमलव ६ म्याग्नीच्युडको भूकम्प गएको थियो । त्यसमा परी उक्त गाउँका छ जनाको मृत्यु हुनुका साथै सात जना घाइते भएका थिए । उक्त भूकम्पमा परी आठ घर पूर्ण ध्वस्त भएका छन् भने स्थानीयका अनुसार दर्जनौँ घरमा क्षति पुगेको छ ।

तारागाउँको आर्थिक सहयोग

यसैबीच भूकम्पमा परी घरबारविहीन भएका डोटीको पूर्वीचौकी गाउँपालिका-३ गैरागाउँका पीडितका लागि तारागाउँ विकास समितिले खाद्यान्नलगायत अन्य आवश्यक सामग्री खरिदमा सहज होस् भन्ने उद्देश्यले ३४ हजार दुई सय ८२ प्रदान गरेको छ । समितिका सदस्य सचिव महेन्द्रबहादुर थापाले समितिले आज सो निर्णय गरेको र तत्कालै पीडितलाई प्रदान गरिने जानकारी दिए ।

Previous Post

गठबन्धन निर्वाचन परिचालन समितिको बैठक : समस्या समाधान गर्न पहल गर्ने निर्णय

Next Post

एक सय ४८ जना कैदीबन्दीले मतदान गर्न पाउने

सम्बन्धित खबर

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक
फिचर-ब्यानर

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

८ चैत्र २०८२,
परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै
टुरिजम

परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

८ चैत्र २०८२,
ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन
आवाज

ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

८ चैत्र २०८२,
ताप्लेजुङका डाँडाकाँडा सेताम्मे
आर्थिक

ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

८ चैत्र २०८२,
हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै
आवाज

हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै

८ चैत्र २०८२,
दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच
आवाज

दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच

८ चैत्र २०८२,
Load More
Next Post
९८ कैदीबन्दीले मतदान गर्न पाउने

एक सय ४८ जना कैदीबन्दीले मतदान गर्न पाउने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In