• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

    नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

    न्याय माग्दै पीडितहरु महिला आयोगमा

    न्याय माग्दै पीडितहरु महिला आयोगमा

    होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

    होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

    सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो

    पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

    मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

    मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

    नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

    नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मिथिलामा ‘दशहरा’को रमझम सुरु

by
२८ अशोज २०८०,
0
मिथिलामा ‘दशहरा’को रमझम सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । असोज शुक्लपक्षको प्रारम्भसँगै महोत्तरीसहितका मिथिला क्षेत्रमा दशहारा (शारदीय नवरात्र, बडादसैँ) पर्व सुुरु भएसँगै चहलपहल बढेको छ ।

आज असोज शुक्ल प्रतिपदाका दिन शारदीय नवरात्र ९दशहरा० को घटस्थापना विधिका लागि देवी शक्तिपीठ, दुर्गा प्रतिमा निर्माणस्थल र घरघरैजसो देवी आराधनाका मङ्गलधून बज्न थालेका छन् । मिथिलामा बोलीचालीमा ‘दशहारा’ भनिने बडादसैँ पर्वको पहिलो दिन नै मिथिलाक्षेत्र देवी भजनले गुञ्जायमान बनेको छ ।

देवी दुर्गाको आराधना गरिने मिथिलामा दुई नवरात्र प्रचलनमा छन् । असोज शुक्ल प्रतिपदादेखि नवमीसम्मको नवरात्रलाई शारदीय र चैत शुक्ल प्रतिपदादेखि नवमीसम्मलाई वासन्ती नवरात्र भनिने गरिएको छ । शास्त्रीय विधानमा भिन्नभिन्न ऋतुका दुई नवरात्र उल्लेख भए पनि शारदीय नवरात्र नै मुख्य ‘दशहरा’ मानिदै आइएको छ ।

“शास्त्रीय विधानमा दुवै नवरात्रको उत्तिकै महिमा र समान पूजाविधिको व्यवस्था छ, तर मिथिलामा उल्लास र उत्सवको पक्षबाट सधैँ शारदीय नवरात्र नै मुख्य रहँदै आएको छ”, मिथिला लोकपरम्परा र कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का पण्डित महेशकुमार झा भन्नुहुन्छ, “शारदीय नवरात्रमा झिझिया नृत्य र ढोल बज्ने परम्परा मिथिलाका खास विशिष्ट हुन् ।” यद्यपि पछिल्ला केही दशकयता ‘दशहाराके ढोल’ र भिझिया नृत्य परम्परा हराउँदै गएको झाको ठम्याइ छ ।

शारदीय नवरात्रको पहिलो दिन आज मिथिला क्षेत्रका प्रसिद्ध देवी शक्तिपीठ र मन्दिरमा दशहारा पर्वको घटस्थापना गर्न एकाबिहानैदेखि पवित्र जलाशयबाट जल ल्याउन कलशयात्रा आयोजन गरिएका छन् । कन्या कुमारीहरू ९अविवाहित किशोरी० ले आज धार्मिक महत्वका नदी र तलाउबाट नयाँ घडामा भरेर ल्याएका पूर्ण कलशको जलले देवी प्रतिमा र मन्दिर परिसर सिञ्चित गर्दै सोही जलको कलश स्थापना गरेर घटस्थापना विधि सम्पन्न गरिने मिथिला परम्परा छ ।

यस क्रममा महोत्तरीका प्रसिद्घ देवी शक्तिपीठ बर्दिबास नगरपालिका–४ स्थित पञ्चधुरा माईस्थान मन्दिर, औरही नगरपालिकाको सोनामाइस्थित सोनामाई मन्दिर, जलेश्वर नगरपालिका–१ स्थित सन्सारी माई र राजदेवी मन्दिरमा एक हजार आठ कन्याहरूले रातु नदी तथा लक्ष्मीसागर, पुरन्दर, वरुण, ध्रुवकुण्ड एवं भार्गवसरलगायतका धार्मिक महत्वका तलाउबाट नयाँ शुुद्ध घडामा भरेका पवित्र जल कलश यात्रासहित मन्दिर परिसरमा पुर्याउँदैछन् ।

घटस्थापना असोज शुक्ल प्रतिपदामा हुने र यसपालि हिजो शनिबार मध्यरातअघि ९गएराति १०ः५३ मिनटदेखि० नै यो तिथि प्रारम्भ भएको हुँदा अन्य नक्षत्रादिको भोग अवस्थाले आज मध्याह्नपूर्व ९साढे ११ बजेअघि, ठीक साइत ११ः२९ मिनेटको समय० भित्र घटस्थापना गर्न उत्तम हुने मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गको आधार दिँदै झाले बताए । मिथिलामा मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गका आधारमा शुभमुहुर्त पहिल्याउने परम्परा छ ।

यसबाहेक पर्वविशेषमा यस क्षेत्रका विभिन्न ठाउँमा बनाइएका देवी प्रतिमास्थलमा पनि आज कलशयात्रासँगै घटस्थापना सम्पन्न गरिँदै छ । आजै मन्दिरमा जौँ, तिल, गहुँ, धान, मकैसहितको जमरासमेत राखिने छ ।

पर्वका अवसरमा मिथिलाका गाउँ÷नगर बस्तीका कैयौँ ठाउँमा देवी प्रतिमा बनाइएका छन् । खासमा मधेस प्रदेशका मिथिला क्षेत्रमा महोत्तरीका पञ्चधुरा माई, सोनामाई, सप्तरीका सकरा भगवती, कङ्कालिनी माई, छिन्नमस्ता, जनकपुरस्थित राजदेवी मन्दिर (परापूर्वमा राजा जनकले पूजापाठ गर्ने कूलदेवी मानिएको) र बारा जिल्लाको गढीमाई मन्दिर प्रसिद्ध शक्तिपीठका रूपमा पूजिन्छन् ।

नवरात्र प्रारम्भसँगै जताततै देवी दुर्गाका भजन गुञ्जिन थालेका छन् । हिन्दू परम्पराका सबै मैथिल घरपरिवारमा देवीको पूजाअर्चना गरिने र चण्डी पाठ गरिने परम्परा छ । दशैँ प्रारम्भसँगै महोत्तरीका गाउँरनगर बस्तीमा धमाधम लिङ्गे पिङ गाड्ने तयारीमा युवापुस्ता लागेका छन् ।

दशहारा पर्वमा ‘दुर्गा मेला’ आयोजन गरिने मैथिल परम्परा छ । यसअनुसार बस्ती–बस्तीमा जसो देवी दुर्गाका प्रतिमा बनाइएर उत्सवमयरूपमा ‘दुर्गा मेला’ को आयोजना गरिँदै छ । नवरात्र अवधिमा क्रमशः देवी दुर्गाका नौ रुप शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुश्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदातृको आराधना क्रमशः प्रतिपदा ९घटस्थापना०का दिनदेखि नवमीसम्म गरिन्छ । दशमीका दिन देवी पूजन विसर्जन गरेर प्रसादस्वरुप जमरा लगाएर मैथिल परम्पराको शारदीय नवरात्र सम्पन्न गरिन्छ ।

असत्यमाथि सत्यको विजयको प्रतीक मानिने यसै पर्व अवधिमा देवी दुर्गाले चण्ड–मुण्ड, शुम्भ–निशुम्भ र महिषासुरसहितका राक्षसको संहार गर्नुभएको देवीभागवत्मा वर्णित छ । यस अवधिमा देवी दुर्गाको उपासनाले मन, वचन र कर्ममा शुद्धता आउने तथा सधैँ सत्कर्म, सद्विचार र सद्आचरणमा प्रवृत भइने हिन्दू मैथिल जनविश्वास छ ।

Previous Post

गैरआवासीय नेपालीको मताधिकारका लागि पहल भइरहेको छ- प्रधानमन्त्री प्रचण्ड

Next Post

पृथ्वीराजमार्गको मादी नदीमा पुल निर्माण हुने

सम्बन्धित खबर

नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार
आवाज

नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

९ चैत्र २०८२,
न्याय माग्दै पीडितहरु महिला आयोगमा
आवाज

न्याय माग्दै पीडितहरु महिला आयोगमा

९ चैत्र २०८२,
होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो
अन्तर्राष्ट्रिय

होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

९ चैत्र २०८२,
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो
आर्थिक

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

९ चैत्र २०८२,
मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर
फिचर-ब्यानर

मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

९ चैत्र २०८२,
नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका
आर्थिक

नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

९ चैत्र २०८२,
Load More
Next Post
पृथ्वीराजमार्गको मादी नदीमा पुल निर्माण हुने

पृथ्वीराजमार्गको मादी नदीमा पुल निर्माण हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In