• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

    सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

    परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

    परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

    ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

    ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

    ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

    ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

    हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै

    हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै

    दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच

    दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पर्यटक लोभ्याउँदै लोपोन्मुख झाँक्री नाच

by
२८ अशोज २०८०,
0
पर्यटक लोभ्याउँदै लोपोन्मुख झाँक्री नाच
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गलकोट । बागलुङ ढोरपाटनका दलित समुदायमा परम्परादेखि चल्दै आएको झाँक्री नाच कुनै समय बिरामी निको पार्ने माध्यम थियो । तर अहिले त्यो समय छैन । मानिसहरु बिरामी हुँदा स्वास्थ्य चौकी र अस्पताल जान थालेपछि झाँक्री नाचको माग कम हुन थाल्यो । यसैको आम्दानीबाट जीविकोपार्जन गर्नेलाई समस्या हुन थाल्यो ।

अहिले पनि मानिसहरु बिरामी हुँदा झाँक्रीकहाँ नआउने होइन तर त्यो सङ्ख्या निकै कम छ । यद्यपि आफूकहाँ आउने बिरामीहरुलाई झारफूक गर्ने भन्दा पनि अस्पतालमै जान सुझाव दिने गरेको उनीहरुको भनाइ छ । उनीहरु भने यो नाचलाई परिमार्जन गर्दै लगेका छन् । लोपोन्मुख झाँक्री नाचलाई जोगाउन र आम्दानीसमेत गर्ने उद्देश्यले यहाँका झाँक्रीहरू यतिबेला झाँक्री नाचलाई विभिन्न चाडपर्व, मेला–महोत्सव तथा पर्यटकको स्वागतमा प्रदर्शन गर्न थालेका छन् ।

ढोरपाटन नगरपालिका–९ ढोरका सुन्दर विक आफूहरु यतिबेला झाँक्री नाच पर्यटकलाई देखाएर आम्दानी गर्न थालेको बताउँछन् । बाजे र जिजुबाजेले दिएका गरगहनामा सजिएर र पशुपक्षीका छाला ओढेर डम्फु र ढोल बजाउँदै नाच्ने झाँक्री नाच अन्यत्रभन्दा फरक भएकाले ढोरपाटन घुम्न आउने पाहुना पनि यसैमा झुम्न थालेको उनको भनाइ छ ।

“यो बिरामी निको पार्ने नाच हो, पछिल्लो समय हामीले यसलाई मेला तथा महोत्सवमा देखाउँदै आएका छौँ, कहिलेकाँही ढोरपाटनमा आउने पाहुनाको स्वागतमा पनि देखाउँछौँ”, उनले भने ।

झाँक्री मोतीलाल विकले आफू कहाँ आउने बिरामीलाई सामान्य झारफुक गरे पनि अस्पताल जान नै सुझाव दिने गरेको बताए । “ढोरपाटनमा आउने पर्यटकको सङ्ख्या दैनिक बढ्दै गइरहेको छ, उनीहरूको स्वागतका लागि यहाँका होटल तथा सामुदायिक घरबासले हामीलाई बोलाउँछन्”, उनले भने, “त्यसबाहेक ढोरपाटनमा लाग्ने मेला तथा महोत्सव पनि आयस्रोतको माध्यम बनेको छ ।”

झाँक्री भुपिल विकले आफूले सामान्य आयुर्वेद उपचार गरे पनि बिरामीलाई भने अस्पताल जान सुझाव दिने गरेको बताए । “अस्पताल गएर थाकेर फर्केकालाई पनि उपचार गर्छौँ तर सिकिस्त बिरामीलाई भने पहिले अस्पताल जान भन्छौँ”, उनले भने ।

ढोरपाटन सामुदायिक घरबासका सञ्चालक रामबहादुर घर्तीले घरबासमा आउने पाहुनाको मनोरञ्जनका लागि झाँक्री नाच देखाउने गरेको बताए । झाँक्रीले देखाउने नाचबाट पाहुना प्रभावित हुन थालेपछि झाँक्रीको माग बढ्न थालेको उनको भनाइ छ ।

बागलुङको पश्चिम क्षेत्रको निसी, बोबाङ, अधिकारीचौर र ढोरपाटन उपत्यका क्षेत्रमा प्रचलित झाँक्री नाचको अहिले अन्यत्र पनि प्रचार–प्रसारसमेत हुन थालेको छ । झाँक्री नाच देखाउनकै लागि बुर्तिवाङबाट बागलुङ बजारसम्म आउने गरेका छन् ।

Previous Post

आफै भाले आफै पोथी हुने जीव

Next Post

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

सम्बन्धित खबर

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक
फिचर-ब्यानर

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

८ चैत्र २०८२,
परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै
टुरिजम

परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

८ चैत्र २०८२,
ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन
आवाज

ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

८ चैत्र २०८२,
ताप्लेजुङका डाँडाकाँडा सेताम्मे
आर्थिक

ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

८ चैत्र २०८२,
हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै
आवाज

हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै

८ चैत्र २०८२,
दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच
आवाज

दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच

८ चैत्र २०८२,
Load More
Next Post
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In