आपूmलाई चिन्नुप-यो, आपूmलाई चिन्नमा बाधक सबै व्यवस्था, प्रचार, विधि, नियमहरूको धूर्तता जान्न समर्थ हुनुप¥यो । ज्यामिती या गणितले मात्र जीवनको सार्थकता पाइँदैन । मनुष्यको स्वतन्त्रता मनुष्यको आफ्नो हातमा छ ।
असत्यलाई देख्न आउनु जीवनको प्रारम्भ हो । एक पाइला सत्यतिर लागियो भने प्रज्ञाको ढोका उघारिन बेर लाग्दैन । लोभ र मोहको शिखर हुँदैन, खाल्टो मात्रै हुन्छ । आशा छ भने निराशा छ, लोभ छ भने व्यर्थ कर्म छ, तृष्णा छ भने भ्रम छ, चिन्ता छ भने अशान्ति छ । सुखको अपेक्षाले दुःखमा पु¥याएको हो । जब विरोधी गुण भएको वस्तु, व्यक्ति, तत्त्वलाई हामी चाहँदैनौँ स्वतन्त्रता, आनन्द दिव्यता उदारता, स्थिति स्वतः मनुष्यमा उपस्थित हुन्छ ।
म जीवनको डाक्टर हुँ । कस्तो प्रकारको रोगी छ, त्यस्तै प्रकारको पथ्य र औषधीको चयन गर्छु, दिन्छु । स्वस्थता भिन्न अलौकिक तत्तव हो जो स्वस्थ छ, आत्माकै ध्यानको व्यवस्थामा छ । उसलाई केही पथ्य या औषधीको आवश्यकता छैन । म रोगी छु भन्ने शङ्का भएसम्म वैद्य, औषधी, अरू पथ्यको प्रयोग र प्रपञ्च भइरहन्छ ।
सत्यलाई तुच्छ मान, जडधन तथा क्षणिक सुखको आकर्षण छैन, त्यस कारणले उसलाई शब्दमा बाँध्न सम्भव छैन ।
मनुष्य जीवित तत्त्वको प्रवाह हो । सम्प्रदायमा आधारित परम्पराको जीवनका साथ खास सम्बन्ध छैन । मनुष्यबाहेक अरू बाध्यात्मक रुचि राख्ने जीवन्त सत्य तत्त्व बाहेक व्यर्थका नियमहरू मान्नेका साथ संवाद कसरी गर्नु ? सत्य जान्न, चिन्न, सत्य को हुन् भनेर परख गर्ने, सन्तोषी, त्यागी तथा साँचो ज्ञानपथको यात्रीसँग मात्रै सत्यको अपनत्व सम्भव छ । रोग हाम्रो मन हो र औषधी पनि मन नै हो । यो सत्य–तथ्य जान्नुप¥यो ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













