आनो आँखाको परेलामाथि वा तल रातो रंगको दाना निस्कन्छ । यो जुनसुकै उमेरका मानिसलाई हुन सक्छ । यो समस्या हेर्दा सामान्य लागे पनि यसले आँखामा हानि पु¥यान सक्छ । आनो आउँदा आँखामा पीडा, जलन, चिलाउने र बारम्बार आँसु आउने जस्ता समस्याहरु देखिन्छन् । यस सानो समस्या भनेर बेवास्ता भने गर्नु हुँदैन । समयमै उपचार गर्नतर्फ गर्नुपर्छ । घरेलु उपायबाट पनि आनोको समस्या हटाउन सकिन्छ ।
– मनतातो बेसारपानीलाई कपडामा भिजाएर दिनमा तीनचार पटक आँखा सेक्ने गर्दा समस्या समाधान हुन्छ ।
– अम्बाका चारवटा पातलाई पानीमा मज्जाले उमालेर त्यो पानीलाई मनतातो बनाएर दिनमा दुईतीनचोटि सेक्दा आँखालाई आराम मिल्छ ।
– घिउकुमारीको जेल दिनको तीनचार पटक आनोमा लगाउँदा आँखामा हुने पीडा, सुन्निने र फोकाफोकी आउने समस्या हट्छ ।
– इमलीको बिउलाई दुई दिनसम्म पानीमा भिजाएर त्यसलाई पेष्ट बनाई चन्दनजसरी आनोमा लगाउनाले आनो दुई दिनमै ठीक हुन्छ ।
– त्रिफला चूर्णलाई आधा चम्चाको दरले बिहान बेलुका तातो दूधसँग पिउनाले आनो सँगसँगै अन्य समस्या पनि फाइदा पु-याउँछ ।













