१. शिक्षा शब्द संस्कृत ‘शिक्ष्’ धातुबाट बनेको हो भने ‘शिक्ष्’ शब्दको अर्थ के हुन्छ ?
– सिकाउनु ।
२. पृथ्वीमा ज्ञान (शिक्षा) भन्दा बढी शुद्ध केही छैन भन्ने भनाइ कसको हो ?
– गीता ।
३. शारीरिक विकासका लागि खानाको र सामाजिक विकासका लागि शिक्षाको आवश्यकता पर्दछ भन्ने भनाइ कसको हो ?
– जोन डिवे ।
४. बालकेन्द्रित शिक्षाका प्रवर्तक को हुन् ?
– रुसो ।
५. शिक्षा केही पनि होइन बानीहरुको निर्माण हो । यो भनाइ कसको हो ?
– रुसो ।
६. भविष्यको तयारी नै शिक्षा हो । यो भनाइ कसको हो ?
– कान्ट ।
७. कुनै पनि नियम आदिको पालना नगरी अकस्मात् वा आकस्मिक रुपबाट सिक्नु शिक्षाको कस्तो स्वरुप हो ?
– अनियमित शिक्षा ।
८. शिक्षणलाई कुन रुपमा लिइन्छ ?
– कला र विज्ञान दुवै हो ।
९. नैतिकताको विकास गर्ने कार्य शिक्षाको कुन कार्य अन्तर्गत पर्दछ ?
– व्यक्तिगत कार्य ।
१०. शिक्षालाई पुस्तकीय ज्ञानको संज्ञा दिने शिक्षाविद् को हुन् ?
– टी. रेमन्ट ।
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट













