• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन

    बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन

    ‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह

    ‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह

    गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस

    गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस

    जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह

    जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह

    प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई

    प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

म्याग्दीमा हाब्रे संरक्षण कार्यक्रम सञ्चालन गरिने

by
२२ अशोज २०८०,
0
म्याग्दीमा हाब्रे संरक्षण कार्यक्रम सञ्चालन गरिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । विश्वमै दुर्लभ जङ्गली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको म्याग्दीमा संरक्षणको कार्यक्रम सञ्चालन हुने भएको छ ।

धवलागिरि गाउँपालिका–२ लुलाङको जलजलास्थित जङ्गलमा च्याउ टिप्न गएका सुवास थापाले केही दिनअघि जिल्लामै पहिलो पटक हाब्रेको भिडियो खिचेका थिए । हाब्रे भेटिएको सम्बन्धी समाचार गत बिहीबार राससमार्फत सार्वजनिक भएको थियो ।

म्याग्दीमा हाब्रेको बसोबास रहेको तथ्य प्रमाणित भएपछि अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग ९युएसएड०ले संरक्षण कार्यक्रम सञ्चालन गर्न चासो दिएको डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटले बताए ।

हाब्रे भेटिएको खबर सार्वजनिक भएपछि युएसएडअन्तर्गत गण्डकी प्रदेशमा लागू भएको जल र जङ्गल परियोजनाका अधिकार आइतबार वन डिभिजन कार्यालयमा आएर संरक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल गर्नुभएको छ”, उनले भने।

जैविक विविधता र वातावरण संरक्षणका क्षेत्रमा काम गर्ने उक्त परियोजनाका ल्याडस्केप टिम लिडर मानबहादुर विक र वरिष्ठ कार्यक्रम अधिकृत सोभियत कोईरालाको टोलीले डिभिजन वन कार्यालयसँग हाब्रे संरक्षण कार्यक्रम सञ्चालनको विषयमा छलफल गरेका हुन ।

नयाँ र उपलब्धि देखिने काम हुने भएकाले म्याग्दीमा हाब्रे संरक्षणको कार्यक्रम परियोजनामा समेट्ने समझदारी भएको छ”, वन अधिकृत रानाभाटले भने, “स्थानीय तह र वन डिभिजन कार्यालयसँग छलफल गरेर संरक्षणका कार्यालय बनाउने विषयमा छलफल भएको छ ।”

सात वर्षअघि भएको अध्ययनका क्रममा जलजलाको जङ्गलमा भेटिएको दिसाको आधारमा हाब्रेको बासस्थान भएको बताइएको थियो । म्याग्दीमा यसअघि दुुलर्भ वन्यजन्तुु रेडपाण्डा भौतिकरुपमा देखिएको थिएन । संरक्षण कार्यक्रमको प्रभाव, चोरीसिकारी नियन्त्रण र जनचेतना अभिवृद्धिका कारण हाब्रे देखिन थालेको विषयमा अनुसन्धान गर्दै आएका बद्री बरालले बताए ।

विसं २०७३ मा विश्व वन्यजन्तु कोषको सहयोग तथा हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले लज्जालु स्वभावको हाब्रे खोजी अभियान सञ्चालन गरेको थियो । लुलाङको मरेनी सामुदायिक वन, ढोरपाटन सिकार आरक्षको जलजला, गुर्जा र मुदीको जङ्गलमा हलुका रातो, सेतो र कालो रङको रेडपाण्डाको बासस्थान फेला पारे पनि प्रत्यक्ष देखिएको थिएन् ।

रातको समयमा रूखको टोड्कामा बास लिने र दिउँसो रूखका हाँगामा बसी आराम गर्ने, भोक लागेका बेला निगालोको टुसालगायत झारपात खान भुइँमा झर्ने रेडपाण्डाको बासस्थानका विषयमा हरियो वन कार्यक्रम र रेडपाण्डा नेटवर्कले धौलागिरि गाउँपालिकाको गुर्जा, लुुलाङ तथा मुुदीमा अध्ययन गरेका थिए ।

रेडपाण्डाका लागि आवश्यक आहारा निगालो तथा मालिङ्गो र टोड्का परेका रुख यस क्षेत्रको जङ्गलमा पर्याप्त छ । समुद्री सतहबाट दुई हजारदेखि चार हजार आठ सय मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत रेडपाण्डालाई संरक्षितको सूचीमा राखिएको हो । रेडपाण्डा संरक्षण गर्न नेपाल सरकारले सन् २०१९ देखि २०२३ सम्म रेडपाण्डालाई पर्यटनसँगै जोडेर विशेष संरक्षण गर्ने नीति लिएको छ ।

रेडपाण्डाको चोरी सिकारमा संलग्नलाई रु पाँच लाखदेखि रु १० लाख जरिवाना, पाँचदेखि १५ वर्ष कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । रेडपाण्डाको सङ्ख्या नेपालमा पाँच सयदेखि एक हजार रहेको अनुमान गरिए पनि दुई सय ३७ को मात्र यकीन भएको छ ।

विश्वमा नेपाल, चीन, भारत, भूटान र म्यान्मामा मात्र रेडपाण्डाको बासस्थान छ । नेपालमा एलुरेन्स फ्युजन्स जातको रेडपाण्डा छ । नेपालका २४ जिल्लामा रेडपाण्डा पाइने रेडपाण्डा नेटवर्कले जनाएको छ ।

Previous Post

सबैभन्दा बढी सुन कुन राष्ट्रसँग छ ?

Next Post

उपभोक्ताको पहिलो रोजाइमा मुस्ताङको स्याउ

सम्बन्धित खबर

सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

१९ चैत्र २०८२,
बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन
फिचर-ब्यानर

बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन

१९ चैत्र २०८२,
‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह
आवाज

‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह

१९ चैत्र २०८२,
गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस
फिचर-ब्यानर

गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस

१९ चैत्र २०८२,
जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह
आवाज

जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह

१९ चैत्र २०८२,
प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई
आवाज

प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई

१९ चैत्र २०८२,
Load More
Next Post
उपभोक्ताको पहिलो रोजाइमा मुस्ताङको स्याउ

उपभोक्ताको पहिलो रोजाइमा मुस्ताङको स्याउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In