टाढाबाट झट्ट हेर्दा त्यो विशाल कमलको फूलझैँ देखिन्छ । तर वास्तवमा त्यो फूल नभई मन्दिर हो, जसलाई कमल मन्दिर भनिन्छ । कमलको फूलझैँ स्वरुपको देखिने एक अनौठो मन्दिर भारतमा बनाइएको छ ।
भव्य स्थापत्य तथा धार्मिक आध्यात्मिक शान्तिको प्रतीकस्वरुप मानिएको यो मन्दिर भारतीय गुरु करुणाकरणको स्मृतिमा स्थापना गरिएको हो । भारतको केरला राज्यमा पर्ने पोथेनकोड भन्ने गाउँ नजिकै गुरु करुणाकरको समाधिस्थलमा उक्त मन्दिर निर्माण गरिएको छ । कमल मन्दिरको उद्घाटन तत्कालीन भारतीय राष्ट्रपति प्रतिभा पाटेलले गरेकी हुन् । ९१ फिट उचाइ तथा ८४ फिट गोलो घेरामा यो कमलको मन्दिर निर्मित छ ।
साभारः ‘अनौठा कुरा’ पुस्तकबाट













