१. अशुभ खबरको आविष्कार नगर, त्यस्ता खबर नफिँजाऊ । छिद्रान्वेषी नबन । बरु साथीका शुभ पक्षको अवलोकन गर, जसबाट तिमीले निष्ठापूर्वक शत्रुबाट तिनको रक्षा गर्न सिक ।
२. तिम्रो उत्साह विचलित नहोस्, तिम्रा ओठबाट अशुभ वचन ननिस्कोस्, सदा परोपकारी वन, तिम्रो हृदय प्रेमले परिपूर्ण तथा गुप्त द्वेषले रहित होस् । तिमीले ती दुष्कर्मीलाई पनि आफ्ना प्रेमपूर्ण विचारले, उदार, गम्भीर, सीमाहीन तथा क्रोध र घृणाले पूर्णतया रहित विचारद्वारा ओतप्रोत पारिदेऊ । हे मेरा शिष्य ! तिमीले यो पनि गर्नुपर्दछ ।
३. एउटा पर्वत जसरी वायुको वेगले हल्लिँदैन, त्यसैगरी विद्वान् पुरुष निन्दा वा प्रशंसाबाट विचलित हुँदैनन् ।
४. सत्मार्गमा हिँड्नुको अर्थ हो बौद्ध मार्गमा चल्नु । सर्वश्रेष्ठ मार्ग आर्य अष्टाङ्गिक मार्ग हो । सर्वश्रेष्ठ सत्य चार आर्य सत्य हुन् । सर्वश्रेष्ठ धर्म वैराग्य हो । सर्वश्रेष्ठ पुरुष जो दृष्टिवान् छ । प्रज्ञा विशुद्धिको यही एक मार्ग हो ।
५. आरोग्य सबभन्दा ठूलो लाभ हो । सन्तोष सबभन्दा ठूलो धन हो । विश्वास सबभन्दा ठूलो बन्धु हो ।
६. कसैसँग कठोर वचन नबोल । अरुले पनि त्यस्तै प्रतिउत्तर दिनेछन् । यदि तिमी कसैमाथि प्रहार गर्छाै भने तिमीमाथि पनि प्रहार हुनेछ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













