• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    इरानलाई सहयोग गरे चीनविरूद्ध ५० प्रतिशत करवृद्धि गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी

    पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

    सिँचाइ सुविधा उपलब्ध नहुँदा कञ्चनपुरमा चैते धानबाली घट्यो

    रेकर्ड यात्रा सकेर आर्टेमिस टोलीको घर फिर्ती

    रेकर्ड यात्रा सकेर आर्टेमिस टोलीको घर फिर्ती

    वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष

    वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    यस्तो छ प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण

    ‘प्रेमको जीत’मा शंकरसँगै अश्विनी र आर्यनको अभिनय

    ‘प्रेमको जीत’मा शंकरसँगै अश्विनी र आर्यनको अभिनय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

छरुवा (डिआरएस) प्रविधिले धानको उत्पादन बढ्दो

by
१९ अशोज २०८०,
0
छरुवा (डिआरएस) प्रविधिले धानको उत्पादन बढ्दो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर– बेदकोट नगरपालिका-८ का रणबहादुर मल्ल सेवानिवृत्त कृषि अधिकृत हुन् । लिजमा जग्गा लिएर उन्नत प्रविधिको प्रयोग गरी कम मिहिनेतमै बढी धान उत्पादनमा उनी लागेका छन् ।

धानको उत्पादन बढाउनका लागि उनले छरुवा धान खेती प्रणाली ९डिआरएस० अपनाएका छन् । रोपेको धानभन्दा खेतमा छरेको धान फस्टाउँदो छ । कृषक मल्लले चिस्यानयुक्त खेतमा उपकरणको सहायताले सिधै उन्नत जातको युएस तीन सय पाँच जातको धान छरेका हुन् ।

‘यस प्रविधिबाट धान रोप्न खेत हिल्याउनु पर्दैन’, कृषक मल्लले भने, ‘रोपाहाको खोजी गरी खेतमा धान रोप्नुभन्दा सिधै खेतमा सिड ड्रिल मेसिन प्रयोग गरी धानको बीउ र मल राख्ने गरिन्छ ।’ परम्परागत विधिको तुलनामा यस प्रविधिबाट लगाइएको धान खेतीको लागत खर्च तीन गुणाले कम हुने गर्दछ ।

एक बिघा जग्गामा परम्परागत विधिमा लगाइएको धानभन्दा यस प्रविधिबाट लगाइएको धानका लागि रु १५ हजारदेखि रु २० हजार कम लाग्ने गरेको उनले बताए। ‘छरुवा विधिबाट लगाइएको धानको बालामा तीन सय ८० देखि चार सय दाना लागेका छन्’, कृषक मल्लले भने , ‘परम्परागत विधिबाट रोपाइँ गरी लगाइएको धानमा अधिकमा एकसय ६० दाना मात्रै छन् तर यो प्रविधिबाट लगाइएकोे धानको उत्पादन दोब्बरले बढी भएको छ ।’

चार बिघा जग्गामा छरुवा विधिबाट धान खेती गरेका उनमा धानको उत्पादन बढ्दो रुपमा रहेकाले अर्को वर्ष बढी जग्गा लिजमा लिएर धान खेती गर्ने सोच पलाएको छ ।

कृषक मल्लकै प्रेरणाले बेदकोट नगरपालिका–३ का किसान दीपेन्द्र रावलले पनि छरुवा विधि प्रयोग गरी एक हेक्टर जमिनमा धान खेती गरेका छन् । उपकरणको प्रयोगबाट खेतमा धान छर्न थालेपछि छिमेकीले जग्गा बाँझो राख्ने भो भनेर मुखामुख गरेको उनी स्मरण गर्छन् ।

‘धानका बोटले गाँड फोडेर जब बाला लाग्न सुरु भए मुखामुख गर्नेहरु यसै प्रविधिको प्रयोग गरी अर्को वर्षदेखि धान खेती गर्छौं भन्न थालेका छन्’, रावलले भने, ‘अर्को वर्षदेखि छिमेकका २५ किसानले यही प्रविधिबाट धान खेती गर्ने भएका छन् ।’ डेढ बिघा जग्गामा रोपाइँ गरेर धान खेती गर्दा मुस्किलले २० देखि २२ बोरी मात्रै धान उत्पादन हुने गरेको उनले बताए ।

आधुनिक तरिकाले थोरै श्रममा धान खेती गर्दा यस वर्ष धानको उत्पादन बढेर दोब्बर बढी हुनेमा उनी विश्वस्त छन् । ‘खेतमा झुलेका धानका बाला हेर्न दैनिक खेतमा पुग्ने गरेको छु’, कृषक रावलले भने, ‘यसरी खेतमा धान झुलेको पहिलो पटक नै हो, लोभलाग्दो छ, नगरपालिकका कृषि जेटिए पनि हप्तामा एक पटक धान नियाल्नका लागि पुग्ने गरेका छन् ।’

पहिलो वर्ष भएकाले झारपात व्यवस्थापन भनेजस्तो गर्न नसकिएको उल्लेख गर्दै उनी अर्को वर्षदेखि व्यवस्थित तरिकाले खेती गरी बढी उत्पादन लिने बताउँछन् । यस प्रविधिबाट धान खेती गर्दाप्रति हेक्टर पाँच मेट्रिकटन धान उत्पादन हुने सेवा निवृत्त कृषक मल्लको भनाइ छ ।

थोरै सिँचाइ गरे पुग्ने, कम बीउ लाग्ने, न्यून श्रमशक्ति प्रयोग हुने भएकाले यस प्रविधिमा धान खेती गर्दा लागत खर्च घट्ने उनले बताए । ‘जलवायु परिवर्तका कारण केही वर्षयतादेखि मनसुनी वर्षा ढिलो हुँदै आएको छ’, कृषक मल्लले भने, ‘परम्परागत प्रविधिले धानबाली प्रणालीमा नकारात्मक असर गरेको छ, यस्तो अवस्थामा छरुवा धान खेती प्रविधि उपयुक्त छ ।’

कृषक मल्लले आफूले मात्रै यस्तो प्रविधिबाट धान खेती नगरेर अरू किसानलाई पनि यसबारे जानकारी गराई उन्नत धान खेती गर्नतर्फ किसानलाई उत्प्रेरित गर्दै आएका छन् । बर्सातका बेला डिआरएस प्रविधिमा धान खेती र हिउँदमा रैथाने जातको आलु खेती गरी आम्दानी लिँदै आएका कृषक मल्ल वर्षमा दुवै खेतीबाट १५ देखि २० लाख जति आम्दानी हुने गरेको बताउँछन् ।

उन्नत प्रविधिमा खेती गर्नका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन कञ्चनपुर इकाइले मलखाद र बीउमा सहयोग पुर्‍याउँदै आएको छ ।

Previous Post

प्रदेश अधिवेशनको नतिजाले ओली कमजोर बन्दै गएको संकेत

Next Post

शेयर धितो कर्जामा १२ करोडको सीमा बढाइयो

सम्बन्धित खबर

आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
आर्थिक

इरानलाई सहयोग गरे चीनविरूद्ध ५० प्रतिशत करवृद्धि गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी

३० चैत्र २०८२,
पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै
आवाज

सिँचाइ सुविधा उपलब्ध नहुँदा कञ्चनपुरमा चैते धानबाली घट्यो

३० चैत्र २०८२,
रेकर्ड यात्रा सकेर आर्टेमिस टोलीको घर फिर्ती
अन्तर्राष्ट्रिय

रेकर्ड यात्रा सकेर आर्टेमिस टोलीको घर फिर्ती

३० चैत्र २०८२,
वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष
आवाज

वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष

३० चैत्र २०८२,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आर्थिक

यस्तो छ प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण

३० चैत्र २०८२,
‘प्रेमको जीत’मा शंकरसँगै अश्विनी र आर्यनको अभिनय
मनोरञ्जन

‘प्रेमको जीत’मा शंकरसँगै अश्विनी र आर्यनको अभिनय

२९ चैत्र २०८२,
Load More
Next Post
राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने

शेयर धितो कर्जामा १२ करोडको सीमा बढाइयो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In