• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बेनीमा ‘वडा पर्यटन परियोजना’

    बेनीमा ‘वडा पर्यटन परियोजना’

    पोखरा–मुग्लिन सडक आयोजना : पश्चिम खण्डको तेस्रो पटक म्याद थप

    पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा धमाधम काम

    स्वरोजगार प्रवर्द्धनका लागि इलाम नपाद्वारा २० उद्यमीलाई ल्यापटप वितरण

    स्वरोजगार प्रवर्द्धनका लागि इलाम नपाद्वारा २० उद्यमीलाई ल्यापटप वितरण

    होर्मुज बन्दः विश्व बजारमा दबाब

    इयुद्वारा हर्मुज आवागमनमा अनियन्त्रित स्वतन्त्रताको आग्रह

    नेपाल पर्यटन बोर्डले ७० प्रतिशत बजेट अन्तरराष्ट्रिय प्रवर्द्धनमा खर्च गर्ने

    मध्यपूर्व सङ्कटले पर्यटन क्षेत्रमा पार्ने असर न्यूनीकरणका वैकल्पिक रणनीतिबारे छलफल

    भावी सैनिक नेतृत्वसँग जोडिएको बढुवा, उपरथी मगर बन्न सक्छन् प्रधानसेनापति

    भावी सैनिक नेतृत्वसँग जोडिएको बढुवा, उपरथी मगर बन्न सक्छन् प्रधानसेनापति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चिकित्सकको सुरक्षामा सरकार सचेत छः प्रधानमन्त्री प्रचण्ड

by
१८ अशोज २०८०,
0
जातीय र धार्मिक द्वन्द्व नफैलाउन अध्यक्ष दाहालको आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको उपचारमा सक्रिय स्वास्थ्यकर्मीको पेसागत सुरक्षा, हित र वृत्तिविकासमा सरकार सचेत र गम्भीर रहेको बताएका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको चौथो दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै उनले बिरामीको उपचारमा क्रियाशील स्वास्थ्यकर्मीमाथि भइरहेका शृङ्खलाबद्ध आक्रमणलाई आफूले गम्भीर रूपमा लिएको बताए ।

‘यसबारे सरकारले स्वास्थ्यकर्मीसँग संवाद गरी आवश्यक कानुनी प्रबन्ध गर्ने सहमति र सोअनुरूपको गृहकार्य गरिसकेको छ’, उनले भने, ‘स्वास्थ्यजस्तो अतिसंवेदनशील क्षेत्रमा हुने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ छ ।’

प्रधानमन्त्री दाहालले पूर्ण भरोसा र आत्मविश्वासका साथ बिरामीको उपचारमा सक्रिय रहन चिकित्सकलाई आह्वान गरे । उनले नेपाल सरकार स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि गर्न, उत्पादित जनशक्तिको रोजगारीको सुनिश्चितता, पेसागत हित र आधारभूत स्वास्थ्य सेवाको नागरिक हकप्रति प्रतिवद्ध रहेको स्पष्ट पारे ।

हरेक लोकतान्त्रिक देश र प्रणालीमा राज्य नागरिकको वास्तविक अभिभावक र संरक्षक रहेको उल्लेख गर्दै उनले राज्यका सम्पूर्ण अङ्गले नियन्त्रणमुखी नभई प्रवद्र्धनमुखी र सेवामुखी भएर काम गर्न जरूरी रहेको बताए । ‘राजनीति र जीवन व्यवहार नागरिकको स्वार्थ र हितमा समर्पित गरेर मात्र हामीले लोकतान्त्रिक राज्यको औचित्य पुष्टि गर्न सक्छौँ’, उनले भने, ‘गरिब, विपन्न, असहाय एवं उपेक्षित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको अधिकार र अवसरका निम्ति राज्यको जिम्मेवारीमा रहेका सबैले कुशलतापूर्वक आफ्नो भूमिका पूरा गर्नुपर्दछ ।’

प्रधानमन्त्री दाहालले चिकित्सा विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी दक्ष जनशक्ति उत्पादन एवं आम नागरिकलाई सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको स्थापना गरिएको बताए।

“वीर अस्पताल नेपालको सबैभन्दा पुरानो तथा ठूलो अस्पतालमध्येको एक हो, राष्ट्रिय ट्रमा सेन्ट्रर र नर्सिङ क्याम्पस तथा प्रतिष्ठानको उपत्यका र बाहिरका अस्पतालमा समेत विस्तारित रूपमा उच्चस्तरका अध्यापन हुनुले स्वास्थ्य सेवामा गुणात्मक र सङ्ख्यात्मक रूपमा फड्को मार्नेछ”, उनले भने।

प्रतिष्ठानका कुलपति दाहालले स्वास्थ्य क्षेत्रमा नेपालकै पुरानो र भरपर्दो तथा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९वीर अस्पताल०लाई अझै विस्तार र सुविधासम्पन्न बनाउन सरकारले थप लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले नर्सिङ सेवासँग सम्बन्धित जटिलताहरू सम्बोधन गर्न सरकारले आवश्यक पहल लिने विश्वाससमेत दिलाए।

नेपालको संविधानले स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा परिभाषित गर्दै जनताको निःशुल्क स्वास्थ्य सेवाको अधिकार सुनिश्चित गरेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले गरिब र बिपन्नका लागि सबैखाले अस्पतालले १० प्रतिशत निःशुःल्क शय्या तथा संघीय अस्पताल र चिकित्सा विज्ञान प्रतिष्ठानमा तीन हजार पाँच सय २३ शय्या निःशुल्क गरिएको जानकारी दिए। संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी हकको कार्यान्वयनका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान जस्ता सरकारी संरचनाको भूमिका सबैभन्दा महत्वपूर्ण रहेको उनको भनाइ छ ।

दीक्षित विद्यार्थीले आर्जन गरेको ज्ञान, सीप र दक्षताले देशको स्वास्थ्य क्षेत्रमा गुणात्मक प्रगति हासिल गर्नका निम्ति महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै उनले दीक्षित दक्ष र ऊर्जाशील प्राविधिक जनशक्तिबाट देशको दूरदराजसम्मका जनताले सहज र स्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने बताए।

कार्यक्रममा सुविधासम्पन्न, पुरानो र स्तरीय जनशक्तिको प्रत्यक्ष सुपरीवेक्षणमा रहेर सैद्धान्तिक र व्यवहारिक ज्ञान प्राप्त गरेका स्नातकोत्तर र स्नातक तहका पाँच सय ४१ जनालाई दीक्षित गरिएको थियो ।

Previous Post

मुस्ताङ जाने पर्यटकलाई सधैँ बैसरी पहिरोको चुनौती

Next Post

अमेरिकामा नेपालीको जनसंख्या २ लाख २० हजार कुन सिटीमा कति ?

सम्बन्धित खबर

बेनीमा ‘वडा पर्यटन परियोजना’
आर्थिक

बेनीमा ‘वडा पर्यटन परियोजना’

२७ चैत्र २०८२,
पोखरा–मुग्लिन सडक आयोजना : पश्चिम खण्डको तेस्रो पटक म्याद थप
आर्थिक

पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा धमाधम काम

२७ चैत्र २०८२,
स्वरोजगार प्रवर्द्धनका लागि इलाम नपाद्वारा २० उद्यमीलाई ल्यापटप वितरण
आर्थिक

स्वरोजगार प्रवर्द्धनका लागि इलाम नपाद्वारा २० उद्यमीलाई ल्यापटप वितरण

२७ चैत्र २०८२,
होर्मुज बन्दः विश्व बजारमा दबाब
अन्तर्राष्ट्रिय

इयुद्वारा हर्मुज आवागमनमा अनियन्त्रित स्वतन्त्रताको आग्रह

२७ चैत्र २०८२,
नेपाल पर्यटन बोर्डले ७० प्रतिशत बजेट अन्तरराष्ट्रिय प्रवर्द्धनमा खर्च गर्ने
आर्थिक

मध्यपूर्व सङ्कटले पर्यटन क्षेत्रमा पार्ने असर न्यूनीकरणका वैकल्पिक रणनीतिबारे छलफल

२७ चैत्र २०८२,
भावी सैनिक नेतृत्वसँग जोडिएको बढुवा, उपरथी मगर बन्न सक्छन् प्रधानसेनापति
समाचार

भावी सैनिक नेतृत्वसँग जोडिएको बढुवा, उपरथी मगर बन्न सक्छन् प्रधानसेनापति

२७ चैत्र २०८२,
Load More
Next Post
अमेरिकामा नेपालीको जनसंख्या २ लाख २० हजार कुन सिटीमा कति ?

अमेरिकामा नेपालीको जनसंख्या २ लाख २० हजार कुन सिटीमा कति ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In