• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चौध वर्षमुनिका २७ जनामा क्षयरोग

    चौध वर्षमुनिका २७ जनामा क्षयरोग

    तीन वटा फर्मलाई जरिवाना

    तीन वटा फर्मलाई जरिवाना

    बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा फलफूलखेती गरिने

    बाँदरका कारण बाँझिदै खेतीयोग्य जमिन

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

    हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

    सोह्रौँ योजना कार्यान्वयन कार्ययोजना : जेनजी आन्दोलनको क्षति मूल्याङ्कन र पुनर्निर्माण प्रारूप पनि समावेश

    सोह्रौँ योजना कार्यान्वयन कार्ययोजना : जेनजी आन्दोलनको क्षति मूल्याङ्कन र पुनर्निर्माण प्रारूप पनि समावेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उपभोग नै नगरेको विद्युत् महसुल तिर्न सकिँदैन : उद्योगी

by
१५ अशोज २०८०,
0
विद्युत् महसुल सङ्कलन ‘काउन्टर’ बन्द हुँदा सेवाग्राही समस्यामा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लुम्बिनी । रुपन्देहीका उद्योगीले नेपाल विद्युत् प्राधिकरणले ट्रङ्कलाइनको नाममा उपभोग नै नगरेको विद्युत् महसुल असुल गर्न गरेको ताकेताप्रति गुनासो गरेका छन् ।

उद्योगीले आफूहरुको माग र उपभोग पनि नगरेको विद्युत् लाइनको सेवाबापतको महसुल असुल गर्न गरिएको ताकेताप्रति गुनासो गरेका हुन् । उद्योगीहरुको साझा व्यावसायिक संस्था रुपन्देही उद्योग सङ्घले आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी आफूहरुले माग नै नगरेको विद्युतु लाइनका बारेमा कुनै जानकारी नदिई २०७२ सालदेखिको बक्यौता भन्दै एक्कासि २०७६ मा बिल आउँदा अचम्म परेको बताए ।

भलबारीका उद्योगी चन्द्रमान श्रेष्ठले ट्रङ्कलाइन उपभोग गरेको भए टिओडी मिटर दिएको हुनुपर्ने र लकसिटमा खपत भएको परिमाण उल्लेख हुनुपर्नेमा त्यो दुवै नभएकाले उद्योगीले उपभोग नै नगरेको लाइनको महसुल तिर्न नसकिने बताए ।

उनले २०७६ मा आफ्नो उद्योगको नामा रु ४७ लाख बक्यौता देखाइएकोमा अहिले जरिवाना जोडेर रु ६३ लाख पु¥याइएको जनाउँदै उनले प्रयोगै नगरेको विद्युत्को महसुल नतिर्ने जानकारी दिए । रुपन्देही उद्योग सङ्घका निवर्तमान अध्यक्ष बाबुराम बोहराले उपभोग नै नगरेको विद्युत्को महसुल उद्योगीले तिरेनन् भनेर प्राधिकरण र सरकारले दुष्प्रचार गरेको बताए ।

“उद्योगीले देखाएका प्रमाण हेर्दा ट्रङ्कलाइन प्रयोग गरेको देखिन्न तर प्राधिकरणले जबर्जस्ती तिराउन खोज्दा उद्योगीको मनोवल गिरेको छ”, उनले भने, “बिलको महसुल समयमै भुक्तानी गर्दै आएका उद्योगीमाथि प्राधिकरणले चार वर्षपछि २०७६ फागुनमा सो अवधिको बिल दरमा ६६ दशमलव ६७ प्रतिशत वृद्धि गरी थप महसुल भुक्तानी लिन खोज्नु न्यायसम्मत छैन ।”

समस्या समाधानका लागि विगतमा सङ्घबाट पहल भई मन्त्रिपरिषद्ले २०७७ साउन १९ मा विद्युत् नियमन आयोगलाई विवादको निरुपणका लागि निर्देशन दिइसकेको र आयोगबाट सोमाथि हालसम्म निर्णय विचाराधीन रहेको सङ्घका अध्यक्ष माधव पौडेलले बताए ।

नेपाल विद्युत् प्राधिकरणको भैरहवा वितरण केन्द्र, नयाँमिल वितरण केन्द्र र बुटवल वितरण केन्द्रले गत भदौ १७ मा बक्यौता विद्युत् महसुल बुझाउन ताकेता गरेर पत्र जारी गरेको र सो पत्रमा बक्यौता रकम तथा सोउपरको जरिवाना २०८० भदौ मसान्तभित्र ९एक महिना म्याद थप सूचना जारी भई असोज मसान्तसम्म० नबुझाएमा नियमानुसार कारबाही हुने बताएपछि उद्योगी आन्दोलित भएको अध्यक्ष पौडेलले पत्रकार सम्मेलनमा जानकारी दिए ।

विद्युत् महसुल विनियमावली २०७३ को विनियम ५ ९५० बमोजिम, दैनिक २० घण्टा वा सोभन्दा बढी विद्युत् उपभोग गर्न पाउने गरी निवेदन दिई स्वीकृति भएको उद्योगले मात्र ट्रङ्क लाइन सरहको महसुल बुझाउनु पर्ने व्यवस्था भएको तर रुपन्देहीका उद्योगले त्यस खालको माग, स्वीकृति र खपत नगरेको उनले बताए ।

Previous Post

मेक्सिकोमा ट्रक दुर्घटनाः लुकेर अमेरिका गइरहेका १० आप्रवासीको मृत्यु, २५ घाइते

Next Post

देवचुलीमा सामूहिक पुष्प खेती

सम्बन्धित खबर

चौध वर्षमुनिका २७ जनामा क्षयरोग
समाचार

चौध वर्षमुनिका २७ जनामा क्षयरोग

११ चैत्र २०८२,
तीन वटा फर्मलाई जरिवाना
समाचार

तीन वटा फर्मलाई जरिवाना

११ चैत्र २०८२,
बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा फलफूलखेती गरिने
समाचार

बाँदरका कारण बाँझिदै खेतीयोग्य जमिन

११ चैत्र २०८२,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

११ चैत्र २०८२,
हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै
फिचर-ब्यानर

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

११ चैत्र २०८२,
सोह्रौँ योजना कार्यान्वयन कार्ययोजना : जेनजी आन्दोलनको क्षति मूल्याङ्कन र पुनर्निर्माण प्रारूप पनि समावेश
समाचार

सोह्रौँ योजना कार्यान्वयन कार्ययोजना : जेनजी आन्दोलनको क्षति मूल्याङ्कन र पुनर्निर्माण प्रारूप पनि समावेश

११ चैत्र २०८२,
Load More
Next Post
देवचुलीमा सामूहिक पुष्प खेती

देवचुलीमा सामूहिक पुष्प खेती

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In