हामीले स्वस्थ्य रहनका लागि खानपानमा विशेष ध्यान दिनु आवश्यक छ । शरीरलाई आवश्यक क्यालोरि मिलाएर खाएको खण्डमा अनेक खालको रोगका समस्यालाई कम गर्न सकिन्छ । त्यसकालागि खानपानमा विशेष ध्यान दिन जरुरी छ । सन्तुलित भोजन र नियमित व्यायामले धेरै किसिमका रोगहरुबाट मुक्ति पाउन सकिन्छ । हर्ट अट्याक, सुगर लगायतका समस्या समाधानमा खानपानको समेत विशेष भूमिका रहेको हुन्छ ।
– खानामा हरियो साग हुनु अत्यन्त लाभदायी हुन्छ । दैनिक कम्तीमा एकपटक फलफूल खानुपर्छ । फाइबरयुक्त खानाहरू गहुँ गेडागुडी, हरियो सागपात खानुपर्छ । गेडागुडीलाई अंकुरित रूपमा खानु अझ बढी लाभदायक हुन्छ । फापर, कोदो, जौ, मकै आदिले पनि मुटुलाई फाइदा गर्छ ।
– बिहान एक छाक मात्र भात खाने गर्नुपर्छ । बेलुकाको खानामा सुक्खा गहुँको रोटी, साग र मौसमी तरकारी साँझ पर्नु अघि नै खाइसक्नुपर्छ । धेरै शारीरिक श्रम गर्नेले धेरै र थोरै गर्नेले थोरै नै खानुपर्छ । बेलुकाको खाना खाएपछि तुरुन्त सुत्नु हुँदैन । कम्तीमा दुई घन्टापछि मात्र सुत्नुपर्छ ।
– शाकाहारी हुनु मुटुका लागि फाइदाजनक छ । माछा र कुखुराको मासुले कोलेस्ट्रोल कम बढाउँछ । माछा–मासु बिहान र दिउँसोको खानामा मात्र प्रयोग गर्नुपर्छ । बेलुका माछा नखानु उत्तम हुन्छ ।
– घ्यू, तेल तथा अन्य चिल्लोको मात्रा जति सक्यो कम प्रयोग गर्नुपर्छ । दैनिक पाँच ग्रामभन्दा बढी नुन प्रयोग गर्नु हुँदैन ।













