अशान्ति दिने सबै विचार, व्यवहार, श्रवण, कथन दर्शनको त्यागद्वारा नै शान्ति प्रकाशित हुन्छ । शान्ति स्वतन्त्रता हो स्वतन्त्रमा नै सिक्न, देख्न र शुरू सम्भव हुन्छ ।
तमोगुणीलाई हठयोग रजोगुणीलाई मन्त्रयोग, सतोगुणीलाई लययोग, साक्षी भावमा रहेकालाई राजयोगको साधना गर्नुपर्छ । हठ भनेको क्रिया हो । कल्पना सङ्कल्प हो । लय भनेको आफैमा विलय–निद्रा हो । साक्षी भनेको अभिमान, इच्छा चाहना, तृष्णाबाट स्वतन्त्र रही जो छ, उसको विलासलाई सावधान अवलोकन हो ।
ह भनेको सूर्यश्वर पिङ्गलानाडी होे ।
ठ भनेको चन्द्रेश्वर ईडा नाडी हो ।
दुवैको समागम स्थल सुषुम्ना हो ।
मन भनेको सङ्कल्प–विकल्प शब्द हो ।
न– भनेको मुक्ति हो ।
ल– भनेको पृथ्वी वा देह हो ।
य– भनेको वायु वा आकाश हो ।
श– भनेको प्रज्ञा वा ज्ञान हो ।
ज– भनेको स्थिति वा बोध हो ।
स– भनेको परमसत्व, परमशून्य हो ।अक्षि– भनेको त्यो शून्यलाई, परमलाई देख्ने नेत्र (विवेक–वैराग्य)
भनेको हो । यी कुरा सम्झेर भृकुटीमा श्वास र स्मृतिको एकता गर्नु योग हो । घर, पत्नी बालबच्चाको मोह कर्मेन्द्रियको अति तृष्णा व भोग तमोगुण हो ।
समाज, राष्ट्र, कला, लेखन मेरै नाम, मेरै अधिकार वासनाका साथ ज्ञानेन्द्रियको अधिक प्रयोग रजोगुण हो ।
राम्रो गर्न चाहनु, राम्रो देखिन चाहनु, द्वैतमा निष्ठा (वेद, ईश्वर, परलोक स्वर्ग) सतोगुण हो ।
साभार : ‘विचारप्रवाह’ पुस्तकबाट













