काले आफ्नी श्रीमतीलाई अँग्रेजी सिकाइरहेको थियो । एक दिन बिहान उसकी श्रीमतीले खानेकुरा दिँदै भनी यो लिनुस् डिनर ।
कालेः (रिसले चुर हुँदै) अनपढ पाखे । तँलाई जति सिकाए पनि काम लागेन । बिहानको समयमा ब्रेकफास्ट खाइन्छ ।
श्रीमतीः अनपढ त तिमी हौ । यो हिजो बेलुकाको खाना हो । चुप लागेर खाऊ ।
स्कुलमा विद्या आइन
बेन्चमा टाउको अड्याएर सुतेको जिग्रीलाई गाली गर्दै शिक्षक —
शिक्षकः ओए गोरु तँ स्कुल किन आउँछस् हँ ?
जिग्रीः विद्याका लागि ।
शिक्षकः त्यसो भए किन सुतेको त ?
जिग्रीः आज विद्या आईन त्यही भएर अल्छि लाग्यो अनि सर ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













