काठमाडौं । चुनावी अभियान शुरु भएपछि एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न पूर्वदेखि सुदुरपश्चिमका जिल्लाहरु पुगेका छन् ।
उनी १८ गते दार्चुला पुगे भने त्यसपछि गण्डकी प्रदेश पुगे । निर्वाचन आयोगले ओलीलाई हेलिकोप्टर प्रयोग गर्न अनुमति दिएको छ । दार्चुला, कञ्चनपुर पनि हेलिकोप्टरमै पुगेका थिए । कास्की, बागलुङ र स्याङ्जाको चुनावी आमसभालाई क्रमशः सम्बोधन गरिसकेका छन् ।
तर उनले कसको हेलिकोप्टर चढ्छन्, उनले चढेको हेलिकोप्टरको पैसा कसले तिर्छ भन्ने विषयमा भने कौतुहलता उत्पन्न भएको छ । उनी अहिले सिम्रिक एअरको हेलिकोप्टर चढेर तीन जिल्लाका चार वटा आमसभालाई सम्बोधन गरिसकेका छन् ।
एमाले अध्यक्ष ओलीले दुई चोटी प्रयोग गरेको हेलिकप्टर सिम्रिक एअरको ९ एन कल साइन भएको एसीटी हो । एमालेले उनको खर्च स्थानीय पार्टी कमिटी र केन्द्रीय लेखाले व्यहोर्ने बताइएको छ ।













