सरकारले आठ महिना अघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको यति एयरलायन्सको जहाज दुर्घटनामा विमानको प्रावधिक र मानविय त्रृटी भएको भन्दै प्रतिवेदन तयार गरेको छ । तर, यथार्थमा विमानको रनवेको बनावट, विमानस्थलमा आवश्यक उपकरण जडान नगरिएको तथा विमान चालकलाई आवश्यक निर्देशन समयमै नदिएका विषय लुकाइएको स्रोतले दाबी गरेको छ ।
यति विमान दुर्घटना बारे छानबिन गर्न गठित जाँचबुझ आयोगले बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई सरकारले चाहे अनुसारको प्रतिवेदन बुझाएको छ ।
आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेका अनुसार, ०७९ माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको एटीआर विमान दुर्घटनाबारे विस्तृत जाँचबुझ गरी बनाइएको अन्तिम प्रतिवेदनको मस्यौदा मन्त्री किरातीलाई बुझाइएको हो । उनले अन्तर्राष्ट्रिय उड्डयन संगठन ९आइकाओ०को प्रावधानअनुसार यस घटनासँग सरोकार राख्ने विभिन्न मुलुकको अन्तिम सुझाव प्राप्त भएको ६० दिनपछि प्रतिवेदन सार्वजनिक गरिने बताए ।
आयोगले बुझाएको प्रतिवेदन अनुसार दुर्घटनामा विमानका कोपाइलेटमाथि एकोहोरो दोषारोपण गरिएको स्रोतले जनाएको छ ।
सरकारले घटनालगत्तै पूर्वसचिव नगेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय दुर्घटना जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले यसअघि प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै यतिको दुर्घटना मानविय (चालक दल) का कारण भएको जनाएको थियो । पोखरा विमानस्थलमा अवतरणका क्रममा भएको उक्त घटनामा चालकदलका ४ सदस्य र ६८ यात्रुसहित जहाजमा सवार सबै ७२ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
यसअघि महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औं प्रतिवेदनमा भौतिक संरचना निर्माणमा भएका लापरबाहीका कारण देशलाई हानिनोक्सानी पुगेको विवरणसहित प्रतिवेदन सार्वजनिक गरेको थियो । जसलाई दुर्घटनाको एउटा कारण भएको त्यतिबेला हवाई विज्ञहरुले दाबी गरेका थिए । विमानस्थल नजिकका खोला, फोहोर फाल्ने स्थान, पशुपन्छीको उपस्थिति, ठूलो जहाज अवतरणका लागि स्थान अभाव जस्ता कारणले विमानस्थल सञ्चालनमा समस्या देखिँदै आएको प्रतिवेदनमा उल्लेख छ ।
महालेखाले निर्माणको क्रममा सम्झौता पालना नभएको, रन वे निर्माणको त्रुटिले राज्यको व्ययभार थपिएको, परामर्शदाताको नाममा अतिरिक्त खर्च भएको लगायत समस्या देखाएको छ ।
सरकार र चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईबीचको सम्झौतापछि १८ साउन २०७३ देखि यो विमानस्थल निर्माण सुरु भएको थियो । सीएएमसीईसँग मूल्य अभिवृद्धि कर ९भ्याट०सहित अमेरिकी डलर २४ करोड ४० लाख ४० हजारमा सम्झौता भएको थियो । निर्माण कम्पनीलाई गत वर्षको अन्तिमसम्म २० करोड ९ लाख २३ हजार अमेरिकी डलर भुक्तानी भइसकेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
निर्माण व्यवसायीसँगको सम्झौतामा नेपालभित्र र बाहिरको भए पनि लाग्ने कर शुल्क महसुल भुक्तानी गर्ने दायित्व निर्माण व्यवसायीको हुने उल्लेख छ । तर, सम्झौतामा व्यवस्था नै नभए पनि आयोजनाले मास्टर लिस्टमा राखेर भन्सार शुल्क तथा महसुल र मूल्य अभिवृद्धि करवापत (अन्तःशुल्क बाहेक) २ अर्ब २२ करोड ४० लाख रुपैयाँ छुट दिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
व्यवसायीले बोलपत्रमा कबोल गर्दा यस सम्बन्धी व्यवस्था नभएको, सम्झौतामा समेत यस्तो महसुल छुट दिने व्यवस्था नभए पनि आयोजनाले छूट दिएको हो ।
यस्तै रन वे निर्माणमा पनि महालेखाले प्रश्न उठाएको छ । रन वेको पूर्वीतर्फ १ दशमलव ५ किलोमिटरमा रहेको छिनेडाँडाको उचाइ ३० मिटर काट्नुपर्ने गरी साबिकमा व्यवस्था भएकोमा रन वेको उचाइ कम हुँदा अब ४० मिटर काट्नुपर्ने भएको महालेखाले जनाएको छ । रन वेको उचाइ घटाउँदा निस्केको ग्राभेल व्यवसथाले रनवे निर्माणमा नै प्रयोग गरेका थिए । जसका कारण निर्माण व्यवसायीले ५ किमि टाढाबाट रोयल्टी तिरी ढुवानी गरेर ल्याउनुपरेको थिएन । यसबाट परेको प्रभावलाई पनि विश्लेषण गर्नुपर्ने महालेखाको भनाइ छ ।
पोखरा विमानस्थल बनाउन सरकारले चीनको एक्जिम बैंकसँग २०७२ मा सम्झौता गरेर १ अर्ब ३७ करोड ८७ लाख चिनियाँ युआन ऋण लिएको छ । यसको २५ प्रतिशतको ब्याज तिर्नुपर्दैन । ब्याज तिर्नु नपर्ने रकम ३४ करोड ४६ लाख ८५ हजार युआन हुन आउँछ । बाँकी रकममा २ प्रतिशत ब्याज छ । यो महँगो ब्याजदर हो । अन्तर्राष्ट्रिय दातृ निकायबाट लिइने ऋणको ब्याज १ प्रतिशतभन्दा कम हुन्छ । यस ऋणमा ७ वर्षको ग्रेस पिरियड छ र कुल २० वर्षमा यो ऋण तिरिसक्नुपर्छ ।
यसअघि विमानस्थलमा मुख्य उपकरण जडान नगरी हस्तानान्तरण गरिएको खुलासा भएको थियो । विमानस्थलमा विमान अवतरणका लागि आवश्यक मुख्य उपकरणमध्येको एक इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम ९आईएलएस० विमानस्थल हस्तान्तरणपछि मात्र जडान भएको हो । आईएलएस जडानअघि नै पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको थियो ।
विमानस्थलमा गत ११ फागुन ९२३ फेब्रुअरी० मा उक्त उपकरण जडान भएको थियो । जब कि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत १७ पुस ९१ जनवरी० मा विमानस्थलको उद्घाटन गरेका थिए । यति एयरलाइन्सको विमान १ माघ ९१५ जनवरी० मा विमानस्थल नजिकै दुर्घटना भएको थियो ।
गत १ माघ ९१५ जनवरी० मा यति एयरलाइन्सको विमान विमानस्थल नजिकै आइपुग्दा दुर्घटना भएको हो । विमान दुर्घटना हुनुको प्रारम्भिक कारण दुवै इन्जिनका प्रोपेलर ९ब्लेड० फेदर हुनु अर्थात् निश्चित डिग्री अनुसार छड्के नभई ९० डिग्रीमा रहनु ९सिधा० देखिएको दुुर्घटनाबारे छानबिन गर्न सरकारले बनाएको जाँचबुझ समितिको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।
विमानस्थलमा दुर्घटनापछि मात्र अवतरण प्रणाली इन्स्टुु«मेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) उपकरण सञ्चालन भएको पनि खुलेको छ । विमानस्थलमा गत ११ फागुन ९२३ फेब्रुअरी० मा उक्त उपकरण जडान भएको विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीले पर्दाफासलाई जानकारी दिइन् । सामान्य तथा प्रतिकूल अवस्थामा अवतरणका लागि यो उपकरणको प्रयोग हुन्छ ।
संयुक्त राष्ट्र संघको विशिष्ठकृत संस्था आइकाओले इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आइएलएस) सटीक विमान अवतरणको लागि एक समर्थन यन्त्र हो । यसले कम दृश्यता र खराब मौसम अवस्थाहरूमा सुरक्षित अवतरण सुनिश्चित गर्दछ भनेर परिभाषित गरेको छ ।
अनुसार आईएलएस रेडियो नेभिगेसन प्रणाली हो, जसले विमानलाई राति वा खराब मौसममा पनि अवतरणमा सहयोग गर्छ । नेपालका केही विमानस्थलमा यो उपकरण जडान गरिएको उनले बताए । विमानस्थलमा सामान्य अवस्थामा विमान अवतरणका लागि १५ सय मिटर भिजिविलिटी आवश्यक पर्छ । तर, आईएलएस कार्यान्वयन हुने हो भने ८०० मिटरसम्मको भिजिविलिटीमा विमान अवतरण गराउन सकिन्छ ।
तर, विमानस्थल उद्घाटन र सञ्चालनको पछि मात्र आवश्यक मुख्य उपकरण बल्ल जडान भएको हो । यसबारेमा दुर्घटना जाँचबुझ आयोगले कुनै विवरण भने उल्लेख गरेको छैन ।
विमानस्थल उद्घाटनको दिनमा पनि ५ वटा आन्तरिक उडानको क्रममा उड्डयन सुरक्षासम्बन्धी नियम उल्लंघन भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चासो देखाएको थियो । ती विमानले एलएलभीसम्बन्धी नियम उल्लंघन गरेर उडान गरेका थिए । तर, सम्बन्धित पक्षलाई कारबाही भने भएन ।













