दुई प्रेमी–प्रेमिका कोठामा बसिरहेको वेला प्रेमीले अकस्मात बत्ती निभायो ।
प्रेमिकाः तिमीले के गरेको यो ? बत्ती बाल, मलाई डर लाग्छ ।
प्रेमीः नडराऊ न प्रिय, म छँदै छु नि !
प्रेमिकाः तिमी भएर त डराएको नि !
एक्लै उभिएको राम्रो लागेन
सरः (रिसाएर) यदि यहाँ कोही मूर्ख बसेको छ भने उभिइहाल ।
केही क्षणपछि एक विद्यार्थी गम्भीरतापूर्वक उभियो ।
मास्टरः के तँ मूर्ख होस् ?
केटोः होइन । कक्षामा तपाईं एक्लै उभिएको राम्रो लागेन, त्यही भएर उभिएको म ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













