आमा र छोरी बीच भविष्यमा के बन्ने भन्ने कुराको छलफल भइरहेको थियो ।
आमाः छोरी आखिर किन तिमी एयर होस्टेज नै बन्न चाहन्छौ ? जब कि त्यो भन्दा धेरै कमाइ हुने कैयौँ पेशाहरु छन् ।
छोरीः आमा तपाईं यो सोच्नुस् कि सबै ठाउँमा केटालाई बेल्टले बाँधेर कहाँ राख्न पाइछ ?
ताजमहल तेरी ममीले लुकाएकी होली !
बाबु अफिस जान हतार गर्दै जुत्ता लगाउन आफ्नो मोजा खोज्दै थियो । त्यतिकैमा उसको छोराले सोध्यो—
छोराः बुवा ताजमहल कहाँ छ ?
बुवाः मलाई अहिले अफिस जान हतार छ छोरा । घरको सबै कुरा तेरी आमालाई थाहा छ, उसैले कतै लुकाएर राखेकी होला ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













