शरीरलाई ऊर्जाशील बनाउनका लागि ओखर राम्रो स्रोत हो । विशेष गरी जाडोेमा ओखर खाँदा शरीरलाई फाइदा हुन्छ । यसमा शरीरका लागि चाहिने पोषकतत्व, मिनरलहरू, एन्टीअक्सिडेन्ट र भिटामिन हुन्छन् जसले धेरै रोगहरू भगाउँछन् । दिनको एक दाना ओखर खाँदा हुने फाइदाहरु यस्ता छन्ः
– शरीरमा ऊर्जा कायम गरी कोलेस्ट्रोल पनि नियन्त्रणमा राख्छ । यसमा भएको एन्टीअक्सिडेन्ट र ओमेगा थ्री फ्याट्टी एसिडले मुटु स्वस्थ राख्छ ।
– ओखरलाई दूधका साथ खाँदा घुँडा, जोर्नी र कम्मरको पीडा हराउँछ ।
– बच्चाहरूलाई दूधसँग एउटा ओखर खुवाउँदा दिमाग तीखो हुन्छ ।
– स्याउ, दालचिनी र ओखरको सलाद बनाएर दिनदिनै खाँदा खाँदा दिनभरि ऊर्जा प्राप्त हुनुको साथै तौल पनि घट्छ ।
– राति सुत्नुअघि ओखर खाँदा राम्रो निद्रा लाग्छ । त्यसमा भएको मेलाटोनिन हर्मोनले निद्रा लगाउने काम गर्छ ।
– ओखर सेवनले महिलामा मधुमेह र स्तन क्यान्सरलाई घटाउँछ । यसमा भएका भिटामिन बी र एन्टीअक्सिडेन्ट गुणले छालालाई सुब्खापन र फ्रि –याडिकलबाट बचाउँछ । छालामा डण्डीफोर र चाउरी पर्न पाउँदैन । कपाल पनि राम्रो हुन्छ ।













